• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरी–२मा१९ पटक मन्त्री बनेका भण्डारीलाई नयाँले दिँदैछन् चुनौती


महोत्तरी–२मा१९ पटक मन्त्री बनेका भण्डारीलाई नयाँले दिँदैछन् चुनौती

Oplus_16908288

१३ माघ, महोत्तरी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै महोत्तरी–२ को राजनीतिक सरगर्मी बढ्दै गएको छ । यो क्षेत्रमा पटकपटक सत्ता र संसद्को यात्रा गरिसकेका शरतसिंह भण्डारी पुन: चुनावी मैदानमा छन् । यसपटक उनको प्रतिस्पर्धा केही पुरानै अनुहार र नयाँ उम्मेदवारहरूबीच हुँदैछ ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका भण्डारीका लागि यो निर्वाचन जित–हारको प्रश्न मात्र नभई लामो समयदेखि कायम रहेको राजनीतिक वर्चस्व जोगाउने चुनौती पनि हो ।

१९ पटक मन्त्री भइसकेका भण्डारी मधेश केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । तर पटकपटक एउटै अनुहार चुनावी मैदानमा दोहोरिनु आफैंमा मतदातामाझ प्रश्न र अपेक्षा दुवै बढाउने कारण बनेको छ ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले किरण यादव र नेकपा एमालेले कासिम नदाफलाई अघि सारेका छन् । यादव र नदाफ दुवै भण्डारीका पुराना प्रतिस्पर्धी हुन् । यसले महोत्तरी–२ को निर्वाचनलाई ‘पुरानै त्रिकोणात्मक प्रतिस्पर्धा’ तर्फ धकेलेको देखिन्छ ।

२०७४ सालको निर्वाचन परिणाम हेर्दा भण्डारीको पकड बलियो देखिएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट उम्मेदवार बनेका उनले कांग्रेसकी किरण यादवलाई १६ हजार ७४८ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।

त्यस निर्वाचनमा भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा यादव १३ हजार ९७४ मतमा सीमित भएकी थिइन् । यो परिणामले भण्डारीको व्यक्तिगत प्रभाव र पार्टी संगठन दुवै सबल रहेको संकेत दिएको थियो ।

त्यही निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका कासिम नदाफले ३ हजार मत प्राप्त गरेका थिए । यद्यपि, त्यतिबेला कमजोर देखिएको नदाफको मत आधारलाई यसपटक नेकपा एमालेको बलियो संगठन र राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरणले कति प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।

एमालेले नदाफलाई उम्मेदवार बनाएर मैदानमा उतार्नु भनेको मधेशमा आफ्नो आधार विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।

२०७९ सालको निर्वाचनमा भने परिस्थिति केही फरक थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका भण्डारीले कांग्रेस, माओवादी केन्द्रसहितको तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन पाएर पुन: जित निकाले ।

उनले २५ हजार १९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ११ हजार १२० मतमा सीमित भएका थिए ।

एमालेका उम्मेदवार रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याएका थिए । यसले गठबन्धनको समर्थन भण्डारीको जितमा निर्णायक रहेको स्पष्ट संकेत गरेको थियो ।

यसपटकको निर्वाचनमा भने गठबन्धनको समीकरण फेरिएको छ । २०७९ मा भण्डारीको मुख्य प्रतिस्पर्धी रहेको तराई मधेश लोकतान्त्रिक पार्टी अहिले भण्डारी आबद्ध जनता समाजवादी पार्टी नेपालमै समाहित भइसकेको छ । यसले भण्डारीको मत आधार थप सुदृढ हुनसक्ने अनुमान गरिए पनि गठबन्धन नहुँदा स्वतन्त्र मतदाताको झुकाव कतातिर जान्छ भन्ने प्रश्न अझै छ ।

यसैबीच, मुख्य दलका उम्मेदवारसँगै नयाँ दल तथा स्वतन्त्र प्रवृत्तिका उम्मेदवारहरूको उपस्थितिले प्रतिस्पर्धालाई थप जटिल बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साह, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामलखन साह कानुलगायत उम्मेदवारहरूले परम्परागत दलहरूको मत आधारमा ‘कट’ लगाउने सम्भावना रहेको स्थानीय राजनीतिक जानकारहरू बताउँछन् ।

विशेषगरी मधेशमा पछिल्लो समय देखिएको काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को ‘क्रेज’ र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणले यस क्षेत्रको चुनावी नतिजामा अप्रत्यासित उलटफेर ल्याउन सक्ने उनीहरूको आकलन छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

१४ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

१४ माघ २०८२, मंगलवार
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

१४ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपालका दुई नगरप्रमुख एमालेमा प्रवेश

१४ माघ २०८२, मंगलवार
Next Post

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

रौतहट-१ मा नेपाल र झाबीच रोचक भिडन्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh