• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गजेन्द्रबाबुपछिको मधेस राजनीति अवस्था


नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेसी नेता गजेन्द्र नारायण सिंहको निधन भएको २४ वर्ष बितिसकेको छ । उनको निधन २०५८ माघ १० गते हृदयघातका कारण भएको थियो । उनको निधनपश्चात् दुई दशकमा देशको राष्ट्रिय राजनीतिमा धेरै आरोह–अवरोह आए ।

जननिर्वाचित संविधानसभामार्फत देशको संविधान निर्माण भएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । देशमा राजनीतिक स्थायित्व कायम भई स्थायी शान्तिको अनुभूति जनताले गरिरहेका छन् ।
गजेन्द्र नारायण सिंह जुन मूल्य, मान्यता एवं सिद्धान्तमा आधारित राजनीति गरिरहेका थिए, त्यसको अब पटाक्षेप भइसकेको छ । स्वयं उनकै अनुयायीहरूले पनि परिवारवाद, जातिवादको राजनीतिलाई महत्त्व दिएका छन् तथा मधेसको मुद्दालाई कमाई खाने भाँडो ठानेका छन् । केही वर्षअघि मधेस प्रदेश संसद्ले दुई तिहाई बहुमतबाट मधेस प्रदेशको घोषणा गर्‍यो, तर गजेन्द्रबाबु बाँचेका भए यस्तो नामकरण अवश्य पनि हुने थिएन ।
२०४७ सालमा नेपाल सद्भावना पार्टीको स्थापना गरी उनले अघि सारेका कतिपय मागहरूको सम्बोधन भइसकेको छ भने कतिपय मागहरूप्रति स्वयं उनकै सहयोगी मधेसी नेताहरू नै गम्भीर छैनन् ।

गजेन्द्र नारायण सिंह मधेसवादी नेता थिए तर देश एवं लोकतन्त्र उनको निम्ति सर्वोपरि थियो । इमानदारी, नैतिकता, सदाचार, अनुशासन एवं दलित प्रेम उनको राजनीतिको प्रमुख अस्त्र हुने गर्दथ्यो । जातिवाद, परिवारवाद र भ्रष्टाचारका उनी घोर विरोधी थिए । मधेसी समस्याको समाधानको निम्ति उनले शान्तिपूर्ण संघर्षको बाटोलाई रोजेका थिए । नेपालको भूगोलभित्र तथा देशको संविधानअन्तर्गत मधेसी समस्याको समाधान होस् भन्ने उनको चाहना थियो । उनले देशमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक असमानताको अन्त्य भएको हेर्न चाहन्थे ।

वर्तमान अवस्थामा उनीद्वारा स्थापित नेपाल सदभावना पार्टी समाप्त भएको पनि करिब पाँच वर्ष बितिसक्यो । उनले अघि सारेका ‘जय मातृभूमि !’ को राजनीतिक अभिवादनलाई पनि तिलाञ्जिल दिने काम भइसकेको छ । गजेन्द्र नारायण सिंहको नाम अब केही व्यक्तिको निम्ति कमाई खाने भाँडो मात्रै साबित भइरहेको छ । उनीद्वारा स्थापित राजनीतिक पार्टीलाई समाप्त गर्नेहरू अब उनको नाममा प्रतिष्ठान तथा ट्रस्ट खोलिरहेका छन् र त्यस प्रतिष्ठानको आवरणमा पैसा कमाउने काम भइरहेको छ । एउटा राजनीतिक व्यक्ति आफ्नो विचारबाट जिन्दा रहन्छन्, तिनीहरूको नाममा खोलिएका अस्पताल तथा विद्यालयबाट होइनन् । महात्मा गान्धी, माक्र्स, लेनीन, स्व. बीपी कोइराला र मदन भण्डारीहरू आफ्नो विचारका कारण आदर्श पुरुष मानिन्छन्, अस्पताल तथा विद्यालयबाट होइन ।

गजेन्द्रनारायण सिंहको राजनीतिक यात्रा राणाविरोधी आन्दोलनमा सक्रिय सहभागिताबाट सुरु भएको थियो । नेपाली कांग्रेसमा आबद्ध रहेर उनले राजनीतिक यात्राको थालनी गरे । २०१५ सालको आमनिर्वाचनमा उनी नेपाली कांग्रेस सप्तरीका जिल्ला अध्यक्ष थिए । २०१७ सालको घटनापश्चात् निर्वाचनमा उनी भारत गए । प्रजातन्त्रवादी भएकै कारण उनलाई पटक–पटक जेलमा राख्ने काम भएको थियो । उनी जेलमा छँदा नै उनकी आमाको निधन भएको थियो । प्रहरीले हातमा हत्कडी लगाएर नै उनलाई आमाको दाहसंस्कारमा सहभागी गराएको थियो ।

सोही दिन पुलिसले पुनः उनलाई हिरासतमा लियो । उनी हिरासतमा हुँदा उनको एकमात्र छोराको निधन भएको थियो । त्यसपछि बाँचुञ्जेल उनी सन्तानविहीन भए । २०३२ सालतिर नेपाली कांग्रेसका केही शीर्ष नेताहरूसित मतभेद हुँदा उनले भद्रकाली मिश्रसित मिलेर पूर्वाञ्चल कांग्रेसको स्थापना गरे । २०३६ सालमा बहुदलीय संसदीय व्यवस्थाको पक्षमा उनी खुलेर लागे तर त्यस निर्वाचनमा निर्दलीय व्यवस्थाको जीत भएको थियो ।

२०४० सालमा तत्कालीन पञ्चायती शासकले देशमा बढ्दो जनसंख्याको बारेमा कारण पत्ता लगाउन जनसंख्याविद् डा. हर्कबहादुर गुरुङको संयोजकत्वमा एउटा आयोगको गठन गरेको थियो । त्यस आयोगको प्रतिवेदनको विरोधमा गजेन्द्र नारायण सिंहले रामजनम तिवारीसित मिलेर राजदरबारमा ज्ञापन दिएका थिए । तराई–मधेसका जिल्ला सदरमुकामहरूमा यसको विरोध पनि भएको थियो । अन्ततः त्यो प्रतिवेदन कार्यान्वयन भएन । त्यतिबेला नै उनले नेपाल सदभावना परिषद्को गठन गरेका थिए, जसको उद्देश्य तराई–मधेसको भाषा संस्कृतिको विकास गर्नु थियो । २०४३ सालको आम निर्वाचनमा उनी सप्तरीबाट राष्ट्रिय पञ्चायतको सदस्यको रूपमा निर्वाचित भए । राष्ट्रिय पञ्चायतका सदस्य भएका नाताले उनी राजाको प्रशंसा त गर्दथे तर आफ्नो प्रत्येक सम्बोधनमा उनले देशमा कायम आर्थिक, सामाजिक एवं राजनीतिक भेदभावको विरोध गर्दै त्यसको अन्त्य हुनुपर्ने माग पनि गर्दथे ।

२०४६ सालको अन्त्यमा पञ्चायती विरोधी आन्दोलनमा नेपाल सदभावना परिषद्का नेता एवं कार्यकर्ताहरूको सहभागिता पनि रहेको थियो । जनआन्दोलनको सफलतापश्चात् २०४७ साल वैशाखको पहिलो सातामा नेपाल सद्भावना पार्टीको स्थापना भएको थियो । गजेन्द्रनारायण सिंह २०४७ को जनकपुर, २०५० सालको वीरगञ्ज तथा २०५४ सालको विराटनगर महाधिवेशनबाट पार्टीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।
गजेन्द्र नारायणले नेपाल सद्भावना पार्टीको स्थापना गर्दा अघि सारेका महत्त्वपूर्ण मागहरूमध्ये नागरिकता समस्याको समाधान भइसकेको छ भने देशमा मधेसी, दलित, खसआर्य, महिला एवं जनजातिहरूको निम्ति आरक्षण (समानुपातिक समावेशिता) लागु भइसकेको छ ।

सामाजिक, आर्थिक एवं सामुदायिक एकरूपताको आधारमा उनी नेपालमा पूर्वी पहाड, पूर्वी तराई, काठमाण्डौँ उपत्यका, पश्चिमी पहाड एवं पश्चिमी तराई गरी पाँच प्रदेशको वकालत गरेका थिए तर, त्यो सम्भव भएन । अब आठ जिल्लाको मधेस प्रदेश घोषित गरिएको छ । देश संघीय संरचनामा जानु पनि गजेन्द्रनारायण सिंहको सपना साकार हुनु हो ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठनसम्बन्धी उनको महत्त्वपूर्ण मागको पनि सम्बोधन करिब करिब भइ नै सकेको छ । नेपाली सेनामा मधेसी युवाहरूको प्रवेशप्रति सरकारले लचिलो नीति अपनाएको छ । गएको तीन दशकमा कतिपय मधेसी युवा सेनामा सहभागी पनि भएका छन् । प्रहरीको तुलनामा सेनामा प्रवेशको बाटो त्यति सहज र सरल हुँदैन, किनभने त्यहाँ कठिन शारीरिक अभ्यास एवं प्रशिक्षणहरू गर्नुपर्ने हुन्छ । सायद त्यही भएर होला पढेलेखेका मधेसी युवाहरू अध्यापन, प्रशासन एवं प्राविधिक पदको जागिरमा बढी ध्यान केन्द्रित गर्ने गर्छन् ।

संघीय लोकतान्त्रिक शासन प्रणालीलाई विश्वमा अहिलेसम्मकै सर्वाधिक उत्तम शासन प्रणाली मानिएको छ, किनभने जननिर्वाचित प्रतिनिधिहरूको नेतृत्वमा सरकारको गठन भएको हुन्छ । जननिर्वाचित प्रतिनिधिहरू देशको संसदप्रति जिम्मेवार हुन्छन् । गजेन्द्रनारायण सिंहले उठाएका केही प्रमुख मुद्दामध्ये मधेसी भूमिहीनलाई पनि बसोबासको निम्ति अन्य सुकुमबासीहरूले पाउने गरेका सुविधा प्रदान गरिनु, हिन्दीलाई नेपालको दोस्रो राष्ट्रभाषाको दर्जा तथा मातृभाषामा प्राथमिक शिक्षाको प्रावधानजस्ता विषयहरू अहिले त्यति बढी प्राथमिकतामा रहेको देखिँदैन ।

gajendra

गजेन्द्रनारायण सिंह शान्तिपूर्ण एवं अहिंसक राजनीतिका माध्यमबाट समस्याको समाधान चाहन्थे । उनी बाँचुञ्जेल तराई मधेसमा न त कुनै सशस्त्र समूह अस्तित्वमा आएको थियो न त कसैले राष्ट्र विखण्डनको कुरा नै गरेको थियो । उनी बाँचुञ्जेल उनको पार्टीले बन्द, हड्ताल तथा हिंसक प्रदर्शन जस्ता विरोधका कार्यक्रमहरू गरेन । २०५० सालमा गजेन्द्रनारायण सिंहले आफ्नै नेतृत्वमा नौ दिनसम्म राजधानी काठमाडौँमा अनशनमा बसेका थिए जबकि २०५५ सालमा पनि पार्टीका नेताहरू १० दिनसम्म आमरण अनशनमा बसेका थिए । नेपालमा अनशनको राजनीतिलाई बढी चर्चामा ल्याउने काम गजेन्द्रनारायण सिंहले नै गरेका थिए । यो बेग्लै कुरा हो कि डा. गोविन्द केसीको अनशनको तुलनामा देशका राजनीतिक दलहरूको अनशन कमजोर नै साबित भएको छ ।

गजेन्द्र नारायण सिंह जातिवाद, परिवारवाद एवं भ्रष्टाचारका घोर विरोधी थिए । नेपाल–भारत मित्रताका उनी पक्षधर थिए । देशमा लोकतन्त्र, संघीयता तथा सामाजिक न्यायको स्थापनाका लागि उनले गरेका योगदान सदैव अविस्मरणीय रहनेछ । उनी बाँचुञ्जेल नेपालको राजनीतिमा ‘मधेसवाद’ शब्दको प्रयोग भएको थिएन । वर्तमान अवस्थामा गजेन्द्रनारायण सिंहको नाम, उनीद्वारा स्थापित पार्टी तथा उनको योगदानलाई समाप्त गर्ने अभियान नै चलेको छ तर देश एवं समाजको हितलाई सर्वोपरि ठान्नेहरूको योगदानलाई इतिहासले बिर्सन सक्दैन

राताेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

एमालेले गर्‍याे ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

११ माघ २०८२, शनिबार
मधेशमा ६ महिनामा ५६ जनाको हत्या
अन्तर्राष्ट्रिय

मधेशमा ६ महिनामा ५६ जनाको हत्या

११ माघ २०८२, शनिबार
महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर
अन्य

महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर

११ माघ २०८२, शनिबार
अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

११ माघ २०८२, शनिबार
Next Post

झापाबाट फर्कंदा एयरपोर्टमा मलाई हेप्ने काम भयो : ओली

जसपा नेपालले सार्वजनिक गर्‍याे २७ बुँदे घाेषणापत्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh