• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आफ्नै पूर्वसहकर्मीको घेरामा सीके राउत


आफ्नै पूर्वसहकर्मीको घेरामा सीके राउत

काठमाडौँ । सप्तरी–२ को चुनाव यसपटक पनि रोचक हुनेछ । गत २०७९ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यही क्षेत्र प्रतिस्पर्धा गरेका थिए ।
दुई जनाको भिडन्तमा यादव पराजित भए । यसपटक पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा थिए, तर अध्यक्ष राउतले यो क्षेत्र नछाड्ने भएपछि उनी सप्तरी–३ तिर सरेका छन् । सप्तरी–२ मा भने जसपा नेपालले नेता उमेश यादवलाई उम्मेदवार बनाएको छ ।

यसपटक सप्तरी–२ मा राउतसँग काम गरेका दुई नेता उनीविरुद्ध नै खडा भएका छन् । जनमतबाट मधेस प्रदेशमा मुख्यमन्त्री भइसकेका सतिश सिंहले स्वाभिमान पार्टीबाट राउतविरुद्ध उम्मेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष राउतनिकट रहेर जनमतको प्रवक्तासमेत भएका डा. शरतसिंह यादवले आफ्नै नेतृत्वमा गठन गरेको जनअधिकार पार्टीबाट राउतविरुद्ध उम्मेदवारी दिएका छन् ।

दुवैले अध्यक्ष राउतका कारण पार्टी छाडेका थिए । संयोगवश, दुवै अध्यक्ष राउतका प्रतिस्पर्धी बनेका छन् ।

सतिश जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए । ‘पुस्तान्तरण आन्दोलन’ (जेनजी आन्दोलन) पछि अध्यक्ष राउतले मुख्यमन्त्री सतिशलाई राजीनामा गर्न लगाएका थिए । पछि आन्दोलन सामसुम भएपछि उनी मुख्यमन्त्रीमै रहन चाहेका थिए, तर अध्यक्ष राउतले उनलाई जबर्जस्ती हटाए । त्यति नै बेला उनले पार्टी छाडिसकेका थिए ।

तर पछि सर्वोच्च अदालतले ‘जनमत पार्टी नेपाल’लाई मान्यता नदिएपछि सतिश फेरि जनमतमै फर्किए । र उम्मेदवारी दर्ताको एक दिनअघि मधेस प्रदेश सभाबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उनले राउतविरुद्ध उम्मेदवारी दिएका छन् ।

त्यस्तै शरतसिंहले पनि अध्यक्ष राउतकै कारण पार्टी छाडेका थिए । पुस्तान्तरण आन्दोलनपछि पुस्तान्तरण हुनुपर्छ भन्दै उनले अध्यक्ष राउतको राजीनामा मागेका थिए । तर राउतले राजीनामा दिनुको सट्टा शरतसिंहलाई नै ‘राजीनामा दिएर जा नत्र कारबाही हुन्छ’ भनेपछि उनले आफ्नै नेतृत्वमा जनअधिकार पार्टी गठन गरेका थिए ।

अब सतिश र शरतसिंहको घेराबन्दीले राउत कमजोर हुने र त्यसको फाइदा जसपा नेपालका उम्मेदवार उमेश यादवलाई हुने सप्तरी–२ मा विश्लेषण भइरहेको छ ।

गत चुनावमा राउत त्यहाँबाट विजयी भएका थिए । त्यतिबेला उनले ३५ हजार ४२ मत प्राप्त गरेका थिए भने जसपा नेपालका अध्यक्ष यादवले १६ हजार ९७९ मत मात्र ल्याएका थिए । तत्कालीन लोसपाका जेपी ठाकुरले सात हजार ३४७ मत ल्याएका थिए । अहिले जसपा नेपाल र लोसपाबिच एकता भएको छ ।

त्यहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लोसपालाई र नेकपा (एमाले) ले जसपा नेपाललाई साथ दिएको थियो ।

तर यसपटक त्यहाँ कुनै दलबिच गठबन्धन छैन, सबैले एक्लाएक्लै उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट रामकुमार यादव, नेकपा (एमाले) बाट मो. जियाउल रहमान, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सूर्यनाथ यादवले उम्मेदवारी दिएका छन् भने अन्य नयाँ दलहरूले पनि उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाल जनता पार्टीबाट रञ्जुकुमारी झा (जसपा छाडेर यो पार्टीबाट चुनाव लड्दै छिन्), श्रम संस्कृति पार्टीबाट त्रिभुवन खंग, उज्यालो नेपाल पार्टीबाट दीपक चौधरी, जनता लोकतान्त्रिक पार्टी नेपालबाट बलराम यादव पनि यहाँबाट उम्मेदवार छन् ।

क्षेत्रको प्रारम्भिक प्रतिक्रियाअनुसार यहाँ ३२ जना उम्मेदवार भए पनि राउत, सतिश सिंह र जसपा नेपालका नेता उमेशीबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । सतिश २०७४ मा तत्कालीन राजपा नेपालबाट स्थानीय तहको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए भने जनमत पार्टीबाट २०७९ मा सप्तरी–२ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनका बुवा लोसपा नेपालबाट राष्ट्रिय सभा सदस्य थिए । अर्थात्, पुरानै राजनीतिक प्रभाव भएको परिवारका सतिश यसपटक राउतका कडा प्रतिस्पर्धी मानिएका छन् । २०७९ को चुनावमा प्रदेश सभातर्फ सप्तरी–२ (१) बाट सतिशले १६ हजार ७३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका शैलेन्द्र साहले मात्र आठ हजार २९२ मत पाएका थिए ।

सप्तरी–२ का उम्मेदवार सतिश भन्छन्, ‘म राउतविरुद्ध चुनाव लडेको होइन, उहाँ मेरो प्रतिस्पर्धी वा प्रतिद्वन्द्वी होइन । म उहाँलाई आफ्नो प्रतिद्वन्द्वी नै मान्दिनँ । उहाँले हाम्रो साथ र सहयोगका कारण विगतको चुनाव जित्नुभएको थियो । यसपटक कसैले उहाँलाई साथ दिएको छैन, नेता हुन्, केही मत त आउँछ नै, तर जित्न निकै गाह्रो छ ।’

राउतलाई कम आँक्दै सतिशले थपे, ‘जसको बलमा उहाँले विगतको चुनाव जित्नुभएको थियो, त्यसलाई नै उहाँले पहिचान गर्न सक्नुभएन । आज उहाँको साथमा को छन्, क्षेत्रमा आएर हेर्नुहोस् न ।’

नेकपा छाडेर जसपा नेपालमा आबद्ध भएका उमेशले पनि सप्तरी–२ मा पटक–पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । २०७० सालको दोस्रो संविधानसभामा विजयी भएका उनी ०७४ मा भने उपेन्द्र यादवसँग पराजित भएका थिए ।

२०७९ मा पनि सप्तरी–२ (२) मा तत्कालीन माओवादीबाट प्रदेश सभा सदस्यका लागि चुनाव लडेका उनी पराजित भएका थिए । उनलाई जनमत पार्टीका महेश यादवले हराएका थिए । महेशले पनि माओवादी छाडेरै जनमत पार्टीमा गई चुनाव जितेका थिए ।

जिल्लामा माओवादीबाट महेश र उमेशबिच प्रतिस्पर्धा थियो । महेशले माओवादी छाडेर जनमतबाट उमेशलाई हराएका थिए । यसपटक उमेश पनि जसपा नेपालबाट टिकट लिएर चुनावी मैदामा उत्रिसकेका छन्, त्यो पनि राउतविरुद्ध ।

राउतका लागि यो दोस्रो चुनाव हो । मधेसलाई राज्यबाटै टुक्र्याउनुपर्ने वकालत गरेका राउत ०७५ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा आएका थिए, र जनमत पार्टी गठन गरेका थिए । पहिलो पटक ०७९ को चुनावमा भाग लिँदा वैकल्पिक शक्तिका रूपमा उदाएको भन्दै उनको निकै चर्चा भएको थियो ।

एउटा सिट प्रत्यक्षतर्फ र पाँच वटा समानुपातिकतर्फ जितेर उनी ६ सिटसहित राष्ट्रिय दल बनेर संसद् प्रवेश गरेका थिए, तर पार्टी गठन भएको सात–आठ वर्ष नपुग्दै टुक्रा–टुक्रा भएको छ । धेरै नेता उनको साथ छाडेर निस्किसकेका छन् । ०७९ सालमा जनमतको जुन प्रभाव र सम्भावना थियो, त्यो यसपटकको चुनावमा नदेखिने मधेसमा टिप्पणी भइरहेको छ ।

दोहोर्‍याएर नजितेको सप्तरी–२ को इतिहास

सप्तरी–२ यस्तो क्षेत्र हो, जहाँ प्रायः दोहोर्‍याएर जितेको इतिहास छैन । पत्रकार श्यामसुन्दर यादवका अनुसार सप्तरी–२ मा एक पटक जितेका नेताले दोस्रो पटक जितेको इतिहास छैन । यो स्वर्गीय गजेन्द्रनारायण सिंहको क्षेत्र हो । यो स्वर्गीय रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । यो ठाउँ नेपाली कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । यस्ता ऐतिहासिक पुरुषहरूको सो क्षेत्रबाट यसअघि जनमत पार्टीका अध्यक्ष राउतले पनि चुनाव जितेका थिए । राउतले यसपटक पनि त्यहीँबाट उम्मेदवारी दिएका छन् ।

गजेन्द्रनारायण सिंहले २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधि) मा लगातार त्यहाँबाट चुनाव जितेका थिए । २०५६ को निर्वाचनमा भने उनी त्यहाँबाट पराजित भए । र नेपाली कांग्रेसका रामकुमार चौधरी १७ मतले विजयी भएका थिए । त्यतिबेला गजेन्द्रनारायणसँग काम गरेका शैलेश चौधरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहलाई त्यतिबेला बडो षड्यन्त्रपूर्वक हराइएको थियो, उहाँविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति पनि लागेका थिए । तैपनि १७ मतले मात्र हार्नुभएको थियो ।’

सोही चुनावपछि गजेन्द्रनारायणको निधन भएको थियो । त्यसपछि ०६४ मा भएको संविधानसभा निर्वाचनमा गजेन्द्रनारायणकै नेपाल सद्भावना पार्टीबाट महेश यादव विजयी भएका थिए । त्यसपछि ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादव विजयी भएका थिए । ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपाका अध्यक्ष यादव विजयी भएका थिए ।

२०७९ मा राउत विजयी भएका थिए । अहिले पुनः उनी उम्मेदवार बनेका छन् । ०५६ पछि कोही पनि त्यहाँ दोहोर्‍याएर चुनाव जितेका छैनन् । सीके राउतका लागि पनि त्यही अवस्था दोहोरिने हो कि भन्ने आशंका राजविराजमा भइरहेको छ ।

२०७९ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा थुप्रै काम गरेको कारण जित्ने चर्चा थियो । र पनि उनी पराजित भए । यादवको तुलनामा राउतले काम गरेको चर्चा सप्तरीमा खासै सुनिँदैन ।

गजेन्द्रनारायण सिंहबारे थुप्रै पुस्तक लेखेका सप्तरीका विकास तिवारी भन्छन्, ‘२०५६ मा गजेन्द्रनारायण सिंह हारेपछि सप्तरीका जनताले पश्चात्ताप गरेका थिए, अहिलेसम्म पनि गरिरहेका छन् । त्यसको क्षतिपूर्ति अहिलेसम्म कुनै नेताले दिन सकेका छैनन् ।’ उपेन्द्र यादवमा त्यो एउटा सम्भावना देखिएको तर उनले पनि बाटो बिराएको गुनासो तिवारीको छ ।

गजेन्द्रनारायणको विरासत सम्हाल्ने क्षमता राउतमा दूरदूरसम्म नरहेको भन्दै उनले उपेन्द्र यादव जस्तोसुकै भए पनि मधेसको मुद्दाप्रति इमानदार भएका बताउँछन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर
अन्य

महन्थ ठाकुरको गढ’मा हरिनारायणको विद्रोह, कांग्रेस-एमालेलाई ‘घण्टी’को डर

९ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

९ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

९ माघ २०८२, बिहीबार
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

९ माघ २०८२, बिहीबार
Next Post
अध्यक्ष  यादवले दिए जनतासँग छलफल तथा भेटघाट  कार्यक्रमलाई निरन्तरता

अध्यक्ष यादवले दिए जनतासँग छलफल तथा भेटघाट कार्यक्रमलाई निरन्तरता

रेशम चौधरीको उम्मेदवारी रद्द


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh