
जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले छोरी र सम्धिलाई प्रतिनिधि सभाको टिकट दिएका छन् ।
आफू राष्ट्रिय सभामा उम्मेदवार बनेका ठाकुरले आफ्नो संसदीय क्षेत्र महोत्तरी-३ मा छोरी डा. मिनाक्षी ठाकुर र धनुषा-४ मा सम्धि उमाकान्त झालाई टिकट दिएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संरक्षक ठाकुरको हस्ताक्षरमा ठाकुरका छोरी मिनाक्षी र सम्धी उमाकान्त (छोरी मिनाक्षीको ससुरा)लाई टिकट दिइएको हो ।
महोत्तरी- ३ मा जसपा नेपालका महासचिव रामकुमार शर्मा र हरिनारायण यादव टिकटका स्वाभाविक दाबेदार थिए । शर्मा र यादवलाई क्षेत्र, जिल्लादेखि सिफारिश गरिएको थियो । शर्माको त टिकट दिन गठित टोलीले पनि सिफारिश गरेको थियो । तर, शर्मा पनि रित्तो हात फर्किएका छन् । धनुषा-४ मा टिकट पाएका महन्थका सम्धि झा भने पूर्वप्रदेश प्रमुख र पूर्वऊर्जा मन्त्रीसमेत हुन् ।
‘यो त परिवारवादको सबैभन्दा भद्दा मजाक भएको छ,’ जसपा नेपालका महोत्तरीका एक नेताले भने, ‘वर्षौंदेखि संगठनमा मेहनत गरेर त्याग गरेका नेताले टिकट पाएनन् । तर, अचानक संरक्षकले आफ्नो छोरीलाई टिकट दिएर लन्च गर्नुभएको छ । यसले जसपालाई थोलो क्षति पुर्याउँछ।








































































































