६ माघ, रामगाेपालपुर । महोत्तरीको क्षेत्र नं ४मा जसपा नेपालबाट डा सुरेन्द्र कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जसपा नेपालबाट यादवले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतले जानकारी दिए ।
यादव यस क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य हुन् । उनले तत्कालीन नेपाली कांग्रेसका महेन्द्र राय यादवलाइ पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
जसपा नेपालले यसपटक पनि यादवलाई नै उम्मेदवार बनाएको छ









































































































