माघ ११ गते हुने निर्वाचनका लागि ठाकुरले मधेस प्रदेशबाट अन्य समूहबाट उम्मेदवारी दिएका छन् । उनलाई जिताउनका लागि गठबन्धन दलहरूको बिचमा समन्वय गर्न सो समिति गठन गरेको जसपा नेपालले जनाएको छ ।
तीन सदस्यीय समितिमा प्रमेश्वर साह, मोहम्मद खालिद सिद्धिकी र लालकिशोर साह रहेको सो पार्टीले जनाएको छ । ठाकुर मधेस प्रदेशका लागि कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार हुन् ।









































































































