
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिने निर्णयमा निर्वाचन आयोगका पदाधिकारी विभाजित भएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन शमशेर राणाले अद्यावधिक गर्ने पक्षमा निर्णय गरेका हुन् ।
आयोगकी अर्की आयुक्त जानकी तुलाधरले फरक मत राखेकी छिन् ।
उनले कांग्रेसको विशेष महाधिवेशन पक्षलाई मान्यता दिने निर्णय संविधान अनुकूल नभएको दाबी गरेकी छन् ।






































































































