• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

चुरे दोहनलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने अभिव्यक्तपछी मुख्यमन्त्री यादवप्रति जनताकाे विश्वास उठदै


मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

Oplus_16908288

मधेशको जीवनरेखाका रूपमा लिइँदै आएको चुरे क्षेत्रको संरक्षणबारे गम्भीर बहस भइरहेका बेला मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले दिएको अभिव्यक्तिले विवाद सिर्जना भएको छ  । चुरे दोहनलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने उनको भनाइले सरोकारवाला र विज्ञहरूलाई चिन्तित बनाएको हो  ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको १९९ नम्बर बुँदामा नदीजन्य पदार्थ निकासीसम्बन्धी नीति समेटिएपछि त्यसलाई सर्वोच्च अदालतले रोक लगाएको थियो । चुरे क्षेत्रको विनाश निम्त्याउने भन्दै विज्ञहरूले त्यसबेला कडा आपत्ति जनाएका थिए । यही सन्दर्भमा मुख्यमन्त्री यादव भारत निकासी कै सम्बन्धमा उभिएपछि  जनमानसमा पुनः आशंका पैदा गरेको छ ।

चुरे क्षेत्रका खोलानालामा थुप्रिएका ढुंगा, गिट्टी र बालुवा निकासी गरेर मात्र संरक्षण सम्भव हुने दाबी गर्दै मुख्यमन्त्री यादवले त्यसबाट प्राप्त हुने अर्बौँ रुपैयाँ चुरे जोगाउने कार्यक्रममै लगाउन सकिने बताएका छन् । यसका लागि संघीय सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गर्न आग्रह गरिएको उनको भनाइ थियाे।
अवैधानिक दोहनले मधेशलाई मरुभूमिकरण तर्फ धकेलेको चिन्ता व्यक्त भईरहेको बेला मुख्यमन्त्री यादवले भारत निकासीलाई प्राथमिकता दिनुले मधेशको नै भविष्यमाथि सरोकारवालाहरुले गम्भिर चिन्ता ब्यक्त गरेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बर्दिवासमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले चुरे संरक्षण गर्ने महत्वपूर्ण अस्त्र नै भारत् निकासी भएको अभिव्यक्ति दिएका थिए ।

चुरे दोहनमा पहाडी समुदायको संलग्नता रहेको भन्दै उनले चुरे क्षेत्रमा बस्ती बस्न नहुने तर्कसमेत अघि सारे ।
मुख्यमन्त्री यादवले पहाडबाट आएर चुरे क्षेत्रमा बसोबास गर्नेहरूकै कारण समस्या बढेको आरोप लगाएका थिए। “पहाडमा घर बनाएर चुरेमा आएर सुकुम्बासी बनेको देखिन्छ,” उनले भने, “चुरे क्षेत्रको दोहनकै कारण तल्लो भेगमा गहिरो जलसंकट देखिएको छ, त्यसैले त्यहाँ बस्ती बसाल्नु हुँदैन।”
उनले चुरे अतिक्रमणकै कारण भूमिगत जलस्रोतमा गम्भीर संकट आएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रलाई मानव बस्तीबाट मुक्त गर्नुपर्ने जिकिर गरेका थिए ।
मुख्यमन्त्री यादवको उक्त अभिव्यक्तिप्रति चुरे संरक्षणमा क्रियाशील विज्ञहरूले असहमति जनाएका छन् । चुरेविज्ञ डा. विजय सिंहले मुख्यमन्त्रीको भनाइ चुरे जोगाउनेभन्दा पनि थप क्षति पुर्‍याउने खालको रहेको बताएका थिए ।
विगतमा निकासीसम्बन्धी नीति विवादमा परेर स्थगित भइसकेको स्मरण गराउँदै उनले जनप्रतिनिधिहरूले चुरेको भौगोलिक र वातावरणीय संवेदनशीलता बुझ्न जरुरी रहेको धारणा राखेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

२ माघ २०८२, बिहीबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

२ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

२ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

२ माघ २०८२, बिहीबार
Next Post

ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

कांग्रेसको विशेष महाधिवेशन पक्ष आज निर्वाचन आयोग जाँदै

कांग्रेसको विशेष महाधिवेशन पक्ष आज निर्वाचन आयोग जाँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh