• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

इरानमा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको आशंका, कडा कारबाही गर्ने ट्रम्पको चेतावनी


३० पुस, काठमाडौं । इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ। मानवाधिकार सङ्गठनहरूले यी प्रदर्शनका क्रममा हजारौँ मानिसहरू मारिएको दाबी गरेका छन्।

यद्यपिमा इरानमा मारिएका प्रदर्शनकारीहरूको संख्याबारे फरक-फरक दाबीहरू सार्वजनिक भइरहेका छन् ।

इरानबाट प्राप्त कतिपय रिपोर्टहरूले त्यहाँ प्रदर्शनकारीहरू विरुद्ध ‘अभूतपूर्व हिंसा’ भएको सङ्केत गरेका छन्।

विशेष गरी, गत हप्ता बिहीबारदेखि इन्टरनेट र टेलिफोन सेवाहरू बन्द भएपछि हिंसामा उल्लेख्य वृद्धि भएको छ।

समाचार एजेन्सी रोयटर्स र मानवाधिकार सङ्गठनहरूले मृतकको सङ्ख्या दुई हजारदेखि पाँच हजारको बीचमा रहेको बताएका छन्। यद्यपि, इरानबाट पछिल्लो रिपोर्टहरू आएपछि यो आँकडा अझ बढेको छ।

‘सीबीएस न्युजले इरान भित्र र बाहिरका स्रोतहरूलाई उद्धृत गर्दै मृतकको सङ्ख्या करिब १२ हजार पुगेको बताएको छ। साथै, सीबीएसले यो आँकडा २० हजारसम्म पुग्न सक्ने स्पष्ट पारेको छ।

‘एक्सिओस’ न्युज वेबसाइटका अनुसार इजरायली गुप्तचर स्रोतहरूले मृतकको सङ्ख्या करिब पाँच हजार बताएका छन्।

हालै इरान छोडेका वा ‘स्टारलिङ्क’ मार्फत इन्टरनेटमा जोडिएका मानिसहरूले बीबीसीलाई बताए अनुसार उनीहरूले अस्पताल र मुर्दाघरहरूमा ठुलो सङ्ख्यामा मृतक र घाइतेहरू देखेका छन्।

इरानमा इन्टरनेट र टेलिफोन सेवा बन्द भएका कारण विरोध प्रदर्शनमा मारिएका मानिसहरूको सङ्ख्या यकिन गर्न र अन्य जानकारी जुटाउन कठिनाइ भइरहेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई फाँसीको सजाय दिएमा अमेरिकाले इरानी शासकहरू विरुद्ध ‘धेरै कडा कारबाही’ गर्ने बताएका छन्।

बीबीसीका अनुसार, गत हप्ता हिरासतमा लिइएका २६ वर्षीय इरफान सोल्तानीका आफन्तहरूले उनलाई बुधबार फाँसी दिइने तयारी रहेको बताएका छन् ।

मानवाधिकारका लागि काम गर्ने संस्था ‘हेङ्गअ अर्गनाइजेसन फर ह्युमन राइट्स’ का एक प्रतिनिधिले भने, ‘मैले कुनै पनि मुद्दा यति तीव्र गतिमा अघि बढेको कहिल्यै देखेको थिइनँ ।’

सीबीएस न्युजसँग कुरा गर्दै ट्रम्पले सम्भावित फाँसीको सजायबारे भने, ‘यदि उनीहरूले फाँसी दिन्छन् भने, तपाईंहरूले केही कुराहरू देख्नुहुनेछ… यदि उनीहरूले त्यसो गरे भने, हामी धेरै कडा कारबाही गर्नेछौँ।’

सोल्तानीका आफन्तले बताए अनुसार इरानी अदालतले ‘अत्यन्तै छोटो प्रक्रियामा, मात्र दुई दिनभित्र’ मृत्युदण्डको सजाय सुनाएको थियो।

हेङ्गअका प्रतिनिधि अवयार शेखले यो घटनाले इरानी सरकारले ‘जनतालाई दबाउन र डर फैलाउन आफूसँग भएका सबै तरिकाहरू प्रयोग गरिरहेको’ देखाएको प्रतिक्रिया दिएका छन् ।

(बीबीसी र अन्य समाचार एजेन्सीहरूको सहयोगमा)

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

१ माघ २०८२, बुधबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

१ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

१ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

१ माघ २०८२, बुधबार
Next Post
मधेश आन्दोलनका प्रथम सहिद  महतो सहितका सालिकमा गरे माल्यार्पण

मधेश आन्दोलनका प्रथम सहिद  महतो सहितका सालिकमा गरे माल्यार्पण

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

चुरे दोहनलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने अभिव्यक्तपछी मुख्यमन्त्री यादवप्रति जनताकाे विश्वास उठदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh