महतो राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष हुन् भने यादव नेपाली कम्युनिस्ट पार्टीका नेता हुन । यसअघि यहाँ यादवले महतोलाई हराएका थिए ।
महतोले सर्लाही–२ बाट उम्मेदवार बन्ने निश्चित मात्र होइन, उक्त क्षेत्रमा चुनावी अभियान पनि थालिसकेका छन् ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि सर्लाही–५ मा दुवै जनाको भिड्न्त भएको थियो, त्यतिबेला यादवले दुई हजार ७८४ मतान्तरले महतोलाई पराजित गरेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने महतो धनुषा–३ बाट उम्मेदवार बनेका थिए, र विजयी भएका थिए । तर २०७९ मा भने सर्लाही –२ मा यादव र महतो आमनेसामने भएका थिए, उक्त निर्वाचनमा यादवले दुई हजार ११ मतान्तरले महतोलाई पराजित गरेका थिए ।
२०७९ को निर्वाचनमा यादवले सर्लाही–२ बाट २३ हजार ५२९ मत ल्याउँदा महतोले भने २१ हजार ५१८ मत ल्याएका थिए, यसपटक पनि दुवैको भेट त्यही निर्वाचन क्षेत्रमा हुने सम्भावना बढेको हो ।
नेकपाका नेता यादवले भने, ‘मेरो चाहना भनेको सर्लाही–२ बाट चुनाव लड्ने हो, तर हालसम्म पार्टीले निर्णय गरेको छैन, पार्टीले जहाँ निर्णय गर्छ, त्यहीँबाट चुनाव लड्छु ।’
पार्टीको निर्णयको प्रतिक्षामा रहेका यादवको नाम सर्लाही–१ बाट पनि उम्मेदवारका रूपमा चर्चा भइरहेको छ ।










































































































