• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अंसारीको नागरिकता नक्कली !


८ फागुन, काठमाडौं । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ ।

अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई पनि नेकपा केन्द्रीय समितिको सदस्यहरुको सूची माग गरेको छ ।

समिति स्रोतका अनुसार गरेको प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक मिलेन ।

समिमले संवैधानिक परिषदमा पेश गरेको आफ्नो नागरिकताको फोटोकपीमा जन्ममिति ०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं-९ उल्लेख गरिएको छ । ०५५ पुस २२ गते नागरिकता बनाएका उनले पेश गरेको नागरिकता पछि ‘प्रतिलिपि लिएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजात भने फरक छ । नागरिकता बनाएको मिति सही छ । तर, समिमको जन्ममिति ०३० साल असोज २४ गते उल्लेख छ । साथै स्थायी ठेगाना काठमाडौं-१९ उल्लेख गरिएको छ ।

जिप्रकामा भएको ढड्डामा ०३० लेख्दा शुन्यमा भने केरमेट जस्तो बनाइएको छ । काठमाडौं महानगरका तत्कालीन उपप्रमुख विदुर मैनालीले नागरिकताका लागि गरेको सिफारिसमा पनि जन्ममिति ०३० साल असोज २४ गते स्थायी ठेगाना काठमाडौं-१९ नै छ ।

अझ शंकास्पद के भने जिप्रकामा भएको ढड्डा र समिमले पेश गरेको नागरिकताको फोटोकपी दुबैमा उनको नागरिकता जारी गर्ने सीडीओको नाम उल्लेख छैन । जिप्रका, काठमाडौंको ढड्डामा समिमभन्दा अघिल्लो र पछिल्लो नागरिकता लिनेको विवरणसँगै जारी गर्ने अधिकारीको नाम पनि उल्लेख गरिएको छ । तर, समिमको हकमा ‘द’ मात्र लेखिएको छ ।

उनीसँग भएको नागरिकतामा पनि जारी गर्ने सीडीओको नाम उल्लेख गरिएको छैन, हस्ताक्षर मात्र छ ।

सुनुवाई समितिका सदस्य भन्छन्, ‘उनको नागरिकता र शैक्षिक प्रमाणपत्र दुबै नक्कली भएको देखिन्छ । संवैधानिक परिषद् र जिप्रकाबाट सबै डकुमेन्ट आएपछि प्रष्ट हुन्छ ।’

समितिमा रहेका नेकपाका सांसदहरु समेत उनलाई अस्वीकृत गर्ने पक्षमा देखिएका छन् । यद्यपि नेकपा सांसदहरुले पार्टी नेताहरुसँग परामर्श गर्न बाँकी छ । अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२३ पुष २०८२, बुधबार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२३ पुष २०८२, बुधबार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२३ पुष २०८२, बुधबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२३ पुष २०८२, बुधबार
Next Post
कुलमानले दिए मन्त्री पदबाट राजीनामा

कुलमानले दिए मन्त्री पदबाट राजीनामा

नन्दकिशोर यादवले गरे जसपा नेपाल प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh