• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एक्लिए अशोक राई


एक्लिए अशोक राई

Oplus_16908288

१५ पुस, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणुकुमारी यादव र उपमहासचिव प्रदीप यादवले सोमबार पार्टी छाडे । उनीहरू आइतबार मात्र एकता घोषणा गरेका उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जाने सहमति गरेका छन् ।

२०८१ मा जसपा नेपाल विभाजित भएर बनेको जसपाका पदाधिकारी मध्ये अधिकांशले दुई वर्ष नपुग्दै पार्टी छाडीसकेका छन् । गत मंसिरमा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय परशुराम बस्नेत, रणध्वज कन्दङ्वा लिम्बु, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकर, कृष्णबहादुर घनुलगायत नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

सोमबारै जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाले पनि राजीनामा बुझाएका छन् । पार्टी छाडे पनि पहिचान, संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातीक निर्वाचन प्रणालीको पक्षमा लागी रहने शेर्पाले राजीनामा उल्लेख गरेका छन् ।

२०६९ सालमा नेकपा (एमाले) छाडेर संघीय समाजवादी पार्टीको संस्थापक अध्यक्ष बनेका राई पार्टीमा लगभग एक्लिएका छन् । पहिचान सहितको संघीयता अस्विकार गरेको भन्दै एमालेबाट बाहिरिएका विजय सुब्बा, रकम चेम्जोङ, वीरबहादुर लामा, रिजवान अन्सारी, हेमराज राई, राजेन्द्र श्रेष्ठ, गोपाल ठाकुर, रणध्वज कन्दङ्वा, अजम्बर काङमाङ लगायत कोही पनि राईसँग छैनन् ।

विजय सुब्बा, हेमराज राईहरू एमालेमै फर्किएका छन् भने रकम चेम्जोङ उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालमा छन् । राजेन्द्र श्रेष्ठ, रणध्वज कन्दङ्वा, अजम्बार काङमाङ नेकपामा छन् । अन्सारी संघीय समाजवादी पार्टी अध्यक्ष छन् ।

१३ वर्ष पहिले एमालेबाट बाहिरिएका मध्ये आफू मात्र जसपामा रहेको राई आफै पनि स्विकार छन् ।

२०३३ सालमा कोअर्डिनेशन केन्द्रको सदस्यता लिएका राई २०३५ सालमा भूमिगत भएका थिए । २०४६ सालमा मालेको केन्द्रीय सदस्य बनेका उनी २०५९ स्थायी कमिटी सदस्य चयन भए । आठौं महाधिवेशनबाट एमाले उपाध्यक्ष निर्वाचित राईले दोस्रो संविधान सभा चुनाव अगावै एमाले त्यागेका थिए ।

एमाले छोडेर संघीय समाजवादी पार्टी (संसपा) गठन गरेका राईको पार्टीले २०७० को संविधान सभामा प्रत्यक्ष तर्फ कुनै सिट जित्न सकेन । समानुपातिक प्रणाली तर्फबाट पाँच सिट प्राप्त गर्‍यो ।
निर्वाचन परिणाम भने जस्तो नआएपछि २०७२ जेठमा संसपा र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम एकीकरण भएर संघीय समाजवादी फोरम नेपाल (संसफोने) बन्यो । २०७४ मा संसफोने प्रत्यक्षमा १० र समानुपातीकमा ६ सिट जित्यो ।

२०७६ मा संसफोने र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकता भएर ‘समाजवादी पार्टी’ बन्यो। त्यो पार्टीमा २०७७ मा महन्थ ठाकुरको राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको हो। यो एकता लामो टिकेन । २०७८ मा जसपाबाट विभाजित भएर ठाकुरको नेतृत्वमा लोसपा गठन भयो ।

त्यतिबेला यादव र अशोक राई यादवसँगै थिए । २०८१ वैशाखमा राईको नेतृत्वमा जसपा बन्यो । त्यही पार्टीका अधिकांश नेताहरूले राईको साथ छाडेका हुन । २०७९ को निर्वाचनमा आफ्ना पूर्व पार्टी एमालेको समर्थनमा राई सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । २०४८ र २०५१ मा राई खोटाङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०५१ मा यायातात, २०५३ संसदीय व्यवस्था, २०६१ स्वास्थ्य र २०७९ मा शिक्षा मन्त्री बनेका थिए । भूमिगतकालमा राईको नाम थियो, अमर । उनी राजनीतिक जीवनमा कति अमर बन्छन् भविष्यले बताउँछन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१५ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१५ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१५ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१५ पुष २०८२, मंगलवार
Next Post

वीरगञ्जमा जसपा नेपालको विरोध सभा सम्पन्न

मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए

मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh