• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

फेरि जुटे मधेशका प्रमुख शक्ति


जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
१३ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले दिएको समय एक दिन बाँकी रहँदा तराई-मधेशमा बलियो प्रभाव राख्ने दुई शक्तिबीच एकता घोषणा भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबीच आइतबार साँझ एकता घोषणा भएको हो । नेताहरूका अनुसार केही महिनाको आन्तरिक गृहकार्य पछि एकता घोषणा भएको हो ।

‘दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकण गर्ने निर्णय गरियो,’ एकताबद्धमा भनिएको छ ।

एकताबारे थप जानकारी भने वक्तव्यमा उल्लेख छैन । विशेषगरी एकीकृत पार्टीको नाम, चिन्ह र नेतृत्वबारे केही नखुलाई वक्तव्य जारी गरिएको छ ।

 दुवै पार्टी यसअघि एउटै बनिसकेको पृष्ठभूमि भएकाले पनि बाँकी निर्णयमा समस्या नपर्ने उक्त स्रोतको तर्क छ ।

‘महन्थ ठाकुर सर्वोच्च नेता भएर पार्टी एकता भइसकेकै हो, चुनाव चिन्ह र नाम पनि विगतमा एउटै भएकै हो,’ उपेन्द्र निकट एक नेताले सुनाए । यद्यपि यो एकतापछि भने नाम के राख्ने भन्ने टुंगिन बाँकी रहेको नेताहरू बताउँछन्

तर चुनाव चिन्हमा भने सहमति जुटिसकेको नेता मनिष सुमन बताउँछन् । ‘चुनाव चिन्ह छाता नै हुन्छ, भोलि त्यही चिन्हमा बन्दसूची बुझाउँछौं,’ उनी भन्छन् । २०७७ वैशाखमा पनि यी दुई पार्टीबीच एकता भएको थियो, त्यो बेला चिन्ह छाता नै थियो ।

यद्यपि त्यो एकता धेरै टिकेन । २०७८ भदौमा पुग्दा महन्थ ठाकुरको नेतृत्वमा लोसपा बन्यो, चुनाव चिन्ह साइकल लिए । २०७९ को चुनावमा उनीहरूको चुनाव चिन्ह मात्र नभएर गठबन्धन पनि अलग–अलग बन्यो ।

जसपाले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा लोसपाले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबनधनबाट भाग लियो । मधेशका दुई ठूला शक्ति फुट्दा चुनावी परिणाम भने एमाले र कांग्रेसको पोल्टामा गयो । १६ वर्षपछि मधेशमा फेरि एमाले र कांग्रेसको वर्चस्व स्थापित भयो । एमाले पहिलो र कांग्रेस दोस्रो शक्ति बन्यो ।

२०६४ सालको मधेश आन्दोलनपछि स्थापित जसपा तेस्रो र लोसपा पाँचौ शक्तिमा सीमित बन्यो।

समानुपातिक तर्फको बन्दसूची छाता चित बुझाउने तयारी गरेका नेताहरूले प्रत्यक्षतर्फ पनि यही चिन्हबाट लड्ने सहमति गरेका छन् । अर्थात् उपेन्द्र यादव र महन्थ ठाकुर धारका नेताहरूले पहिलोपटक एउटै चिन्हबाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा गठबन्धन भएपनि अलग–अलग चिन्ह थियो । तर नतिजा भने लगभग कब्जा नै गरेका थिए ।

देशभर वाम गठबन्धनको पक्षमा नतिजा आउँदा मधेशमा उपेन्द्र–महन्थकै गठबन्धनले जितेको थियो । परम्परात शक्तिहरू कमजोर हुँदा प्रदेश सभामा मतदान गरेर मधेश नाम पारित भएको थियो ।

यसपटक भने एकता गरेरै चुनावमा भाग लिने सहमति गरेका छन् । नेतृत्वमा पनि समस्या नआउने नेताहरू बताउँछन् । सहमति अनुसार उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष हुनेछन् । समितिहरूको एकीकरणदेखि उम्मेदवार चयनमा पनि समान हिस्सेदारीको सहमति जुटेको छ ।

मधेशका अरू राजनीतिक शक्तिहरूसँग पनि एकताको पहल भइरहेको नेताहरू बताउँछन् । मुख्यगरी सीके राउतसँग एकताको पहल बढाइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१४ पुष २०८२, सोमबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१४ पुष २०८२, सोमबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१४ पुष २०८२, सोमबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१४ पुष २०८२, सोमबार
Next Post
रेणु र प्रदीपले छोडे जसपा, उपेन्द्र यादवसँग एकता

रेणु र प्रदीपले छोडे जसपा, उपेन्द्र यादवसँग एकता

‎मधेशी जनता जस्तै जेनजि युवाहरूलाई पनि सरकारले ठगेकाे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकाे आराेप

‎मधेशी जनता जस्तै जेनजि युवाहरूलाई पनि सरकारले ठगेकाे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकाे आराेप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh