रामगाेपालपुर — जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा चौधरीले पार्टी आफ्नो नीति–सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएकाले पार्टीभित्र काम गर्ने वातावरण नरहेको उल्लेख गरेका छन्। यस्ता कारणले आफूले पद मात्र नभई पार्टीको साधारण सदस्यता समेत त्यागेको जनाएका छन्।
उनले पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण नेतृत्व तथा नेतागणप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सर्लाहीको हरिपुर्वा–४ निवासी भरत चौधरी मधेश प्रदेश राजनीतिमा परिचित नेताका रूपमा चिनिँदै आएका छन्। उनि गत निर्वाचनमा सर्लाहीकाे क्षेत्र नं.२काे क बाट चुनावमा प्रतिस्पर्धा गरेका थिए ।बर्तमान मधेश प्रदेशका स्वास्थ मन्त्री जंगीलाल रायसंग झिनाे मतान्तारले पराजित भएका थिए ।








































































































