• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल


जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को टोलीसँग छलफल

Oplus_16908288

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै विस्तृत छलफल भएको छ। जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबिच आइतबार छलफल भएको हो।

छलफलका क्रममा टोलीले मन्दिरको ऐतिहासिक महत्त्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजनाबारे जानकारी लिएको थियो।

युनेस्को टोलीले सम्पदाको दिगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ, पर्यटक व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको जनाइएको छ।

भेटका क्रममा उत्तराधिकारी महन्त दासले युनेस्को टोलीसँगको छलफललाई ऐतिहासिक माइलस्टोन का रूपमा उल्लेख गरे। उनले जानकी मन्दिर केवल धार्मिक केन्द्र मात्र नभई मिथिला संस्कृतिको जीवित सभ्यता भएको बताए।

महन्त दासले भने, “जानकी मन्दिरको मौलिकता, वास्तुकला र आस्थालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अत्यन्त आवश्यक छ। यसका लागि हामी संस्थागत तयारी, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन सुधारका सबै पहलमा प्रतिबद्ध छौँ।”

उनका अनुसार मन्दिर व्यवस्थापन समितिले संरचनागत संरक्षण, क्षेत्र व्यवस्थापन, पर्यटक प्रवाह व्यवस्थापन तथा सांस्कृतिक सम्पदाको दिगोपनालाई केन्द्रमा राखी हालै विभिन्न योजना अघि सारेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत भएमा जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन, आर्थिक गतिविधि तथा मिथिला संस्कृतिको विश्वव्यापी पहिचान अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे।

युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना र भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने जनाइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२३ मंसिर २०८२, सोमबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२३ मंसिर २०८२, सोमबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२३ मंसिर २०८२, सोमबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२३ मंसिर २०८२, सोमबार
Next Post
रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला

रामगाेपालपुर नगरपालिकामा एक युवककाे शव फेला

मधेशमा सत्ता गठबन्धन बीचको बैठक निष्कर्षविहीन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh