• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर


२१ मंसिर, जनकपुरधाम । नवगठित मधेश प्रदेश सरकारले यसअघिका संविधानको धारा १०३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।

आइतबार बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए ।

गत १५ गते मंसिरमा सर्वोच्च अदालतको परमादेश पश्चात पनि उनले विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाका निर्णयहरू गरेका थिए ।

‘मिति २०८२/०७/२३ देखि २०८२/०८/१७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा/काजसँग सम्बन्धित निर्णयहरू बदर गर्ने तथा मिति २०८२/०७/२३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूबाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा/काजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गर्ने,’ निर्णयमा उल्लेख छ ।

यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका प्रदेश सचिव जय कुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि आफ्नो साविकको जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

 प्रदेश सरकारबाट कडा रोग (क्यान्सर, मिगौला, मुटु रोग आदि) का विरामीहरूलाई प्रदान गरिदै आएको औषधोपचार आर्थिक सहायता वितरण कार्यलाई निरन्तरता दिने र  चालु आर्थिक वर्षमा विनियोजित रकम अपुग हुन गएमा आवश्यक पर्ने थप बजेट तथा स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले, मधेश प्रदेशले प्राथमिकताका साथ उपलब्ध गराउने निर्णय गरेको छ ।

बाढी, डुबान, आगलागी लगायतका विपद्को उच्च जोखिममा रहेको र हाल शीतलहर को मौसम समेत सुरु हुन लागेको सन्दर्भमा सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुन:स्थापना कार्यलाई थप चुस्त तयारी गर्ने निर्णय गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२२ मंसिर २०८२, आईतवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२२ मंसिर २०८२, आईतवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२२ मंसिर २०८२, आईतवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२२ मंसिर २०८२, आईतवार
Next Post
महाेत्तरीकाे जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध

महाेत्तरीकाे जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

मधेशका मुख्यमन्त्री यादवले भने- आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहन्छ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh