• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस


मधेशमा मुख्यमन्त्री र सभामुख पदको भागबन्डा प्याकेजमै गर्ने कोसिस

Oplus_16908288

१८ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका दलका नेता तथा सांसदहरु नयाँ सरकार गठनका लागि औपचारिक तथा औपचारिक छलफल गरिरहेका छन् । मधेश प्रदेशसभामा आज मध्यान्नदेखि दलहरूको विमर्श जारी छ।

संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बुधबार सदनमा विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको लागि संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन भएका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेको छ ।

सातलीय गठबन्धन मिलेरै अगाडि बढ्ने प्रयासमा छन् । सातदलीय गठबन्धनमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाबाट निर्वतमान मुख्यमन्त्री सतिश सिंहले दाबी गरिरहेका छन् ।

दुबै दल पनि आ-आफ्नो नेतृत्वमा दाबी गर्दै छलफल जारी राखेका छन् । तर मधेशमा सभामुख पद रिक्त रहेकाले प्याकेजमै सहमति गर्ने दलहरूको प्रयास छ ।

‘प्याकेजमै सहमित गर्ने हाम्रो प्रयास छ । त्यस अनुसार छलफल भइरहेको छ । कांग्रेस र लोसपाले नेतृत्व दाबी गरिरहेका छन् । सकभर कुनै एक दललाई मनाएर, सभामुख मन्त्रालय भागबण्डासहित सातदलीय गठबन्धनले सहमति गर्ने सातदलीय गठबन्धको प्रयास छ’ बैठकमा सहभागी एक सांसदले भने ।

दलहरुभित्रको छलफलमा कृष्ण यादवको पक्षमा मत बलियो बन्दै गएको छ । सोनलले विगतमा सदनमै विश्वासको मत पाउने अवस्था नदेखेको र लोसपा छैठौं दलको हैसियतमा रहेको तर्क पनि छ ।

अर्कोतर्फ एमाले संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री यादवले अब मधेश सरकारको स्थायित्वको लागि जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने सञ्चारमाध्यम मार्फत् घोषणा गरेका छन् ।

यसले कांग्रेसका कृष्ण यादवलाई झन् बल पुगेको विश्लेषण दलहरू भित्र छ । कांग्रेसलाई नेतृत्व नदिए रुष्ट हुने र सोनल मुख्यमन्त्री बने पुनः विगतकै नियति भोग्नु पर्ने डर छ ।

वर्तमान सातदलीय गठबन्धनमा दोस्रो पोजिसनमा नरहेका जसपा भने रिक्त रहेको सभामुख पाउने रणनीतिमा छन् । सभामुख पाउन कांग्रेसलाई नै मुख्यमन्त्री दिन मनस्थितिमा जसपा छ ।

‘जसपालाई सरकारको नेतृत्वको दाबी छैन । जुन नाममा सहमति हुन्छ त्यसमै सघाउने हो । तर जसपालाई सभामुख चाहिन्छ’ एक सांसदले भने ।

यस्तै जनमतसहितका अन्य दल महत्त्वपूर्ण मन्त्रालयहरू भागबण्डा पार्ने गरी सहमति गर्नुपर्ने धारणा राखिरहेका छन् ।

१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको लागि आवश्यक बहुमत ५४ चाहिन्छ ।

एमालेको २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीको १–१ सिट छ । राप्रपा नेपाल, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको १–१ सिट छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

१९ मंसिर २०८२, बिहीबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

१९ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

पार्टी नीति विपरीत मन्त्री बनेकी कञ्चन विच्छाको सांसद पद गुम्यो

१९ मंसिर २०८२, बिहीबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश

१९ मंसिर २०८२, बिहीबार
Next Post

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

जनकपुर–ढल्केबर सडकका ३ स्थानमा आकासे पुल निर्माण हुँदै   


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh