महोत्तरी,९ मंसिर ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले परालको कुंयू भित्र लुकाई छिपाई राखेको अबस्थामा २० पोकामा रहेको २१३किलो गांजा विशेष सुचना को आधारमा खेती स्थलबाट बरामद गरेको छ ।
पर्सा जिल्लाको विन्दवासिनी गा.पा. वडा नं. ५ बटसौरा गणबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले खेती ईलाकाबाट सो नियन्त्रणमा लिएको हो ।
सीमावर्ती ईलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसार-पसारमा कडा निगरानी राख्दै Intelligence Led operation हरु तिब्र रुपमा संचालन गर्दै आईरहेकोमा सोही क्रममा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले लागुऔषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने स.प्र.बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरुप पर्सा जिल्लामा प्रभावकारी रुपमा लागुऔषध नियन्त्रण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ ।










































































































