• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी नाका गाई तस्करीको मुख्य केन्द्र बन्दै


सम्सी नाका गाई तस्करीको मुख्य केन्द्र बन्दै

Oplus_16908288

नरेन्द्र महताे- सम्सी

महोत्तरी, सम्सी। महोत्तरीको सम्सी नाका हाल गाई तस्करीको मुख्य केन्द्रका रूपमा परिचित बन्दै गएको छ। रातको समयमा नियमित रूपमा गाई तस्करी हुने गरेको स्थानीय व्यापारीका स्रोत र तस्करीमा संलग्न व्यक्तिहरूका सहयोगीहरूले जानकारी दिएका छन्।

तस्करहरूका अनुसार, यी गाईहरू पहाडी जिल्लाहरूबाट संकलन गरी सिधा सम्सी नाकामार्फत भारतका विभिन्न सहरहरूमा पु-याइन्छ। हाल भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाको वेला–कन्हवाँ क्षेत्रमा विधानसभा निर्वाचन भइरहेकाले सीमामा आवागमन केही समयका लागि रोकिएको छ। यस कारण, नेपालतर्फ पर्सा गाउँ क्षेत्रका रुखबिरुवामुनि र गाउँका आडमा गाईहरू लुकाएर राखिएको र रातको समयमा नाका खुल्ने बित्तिकै तस्करहरूले ती गाईहरू पार गर्ने तयारी गरेको बताइन्छ।

तस्करीमा संलग्न व्यक्तिहरूका अनुसार, सीमामा पैसाको चलखेल खुलेआम हुने गरेको छ। “महिनावारी रकम बुझाएपछि गाई लैजान कुनै रोकटोक हुँदैन,” तस्करीसँग सम्बन्धित एक स्रोतले भन्यो। उनका अनुसार, गाई तस्करी नयाँ कुरा होइन — यो कार्य वर्षौँदेखि निरन्तर हुँदै आएको छ।

अहिले बिहारमा चुनावका कारण अस्थायी रूपमा गतिविधि कम भए पनि भारततर्फ गाई पु-याउने काम रोकिएको छैन।
यता सीमाको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बल (एपीएफ) लाई दिइएको छ। रघुनाथपुरमा सशस्त्र प्रहरी डीएसपीको दरबन्दी र सम्सीमा सशस्त्र प्रहरी निरीक्षक स्तरका अधिकारी तैनाथ छन्।

तर स्थानीयवासीका भनाइमा, तिनै सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी सहज रूपमा हुने गरेको छ।
गाईहरू पहाडी क्षेत्रबाट ल्याई गाैशाला, कुठुधार र पर्सा हुँदै भारततर्फ लैजानुअघि नेपाल प्रहरीका चेकपोस्टहरू पार गरिन्छ, तर कुनै रोकावट नहुने गरेको स्थानीयहरूले बताएका छन्। “हामीले आफ्नै आँखाले देख्छौँ— गाईहरू रातारात भारत पस्छन्।

सशस्त्र प्रहरी र अन्य निकायका अधिकारीहरूले नदेखेजस्तो गर्छन्,” एक स्थानीय बासिन्दाले भने।
उनले थपे, “जब सीमामा गाईहरूको सुरक्षा र नियन्त्रण नै हुँदैन भने किन सशस्त्र प्रहरी तैनाथ गरिएको हो? यो विषयमा गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले तुरुन्त ध्यान दिनुपर्छ।”
स्थानीयवासीहरूले सम्सी नाकामा हुने गाई तस्करी नियन्त्रणका लागि प्रभावकारी कारबाही र उच्च तहको अनुगमन गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, यदि तत्काल कदम नचलाइयो भने सम्सी नाका पूर्ण रूपमा गाई तस्करीको ‘मुख्य गेट’ बन्ने खतरा छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय
अन्तर्राष्ट्रिय

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय

२६ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

विवाह पञ्चमी महोत्सव : फूलबारी लीला  धूमधामका साथ सम्पन्न

२६ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

संघीय लोकतान्त्रिक मोर्चाले चुनावी तालमेल गर्ने

२६ कार्तिक २०८२, मंगलवार
‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा
अन्तर्राष्ट्रिय

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

२६ कार्तिक २०८२, मंगलवार
Next Post

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : असन्तुष्ट पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित १० जना घाइते

मधेश भवन अगाडिको झडपमामा घाइते भएकाहरुको उपचार खर्च सरकारले तिर्ने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh