• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतमा रोक्ने दाउमा कांग्रेस–एमाले


मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतमा रोक्ने दाउमा कांग्रेस–एमाले

Oplus_16908288

७ कात्तिक, काठमाडौं ।  जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत लिने तयारी गरेका छन् । यसकारण पनि दलहरू चाडपर्वको समयमा समेत राजनीतिक भेटघाट र संवादमा व्यस्त छन् ।

कांग्रेसकी सांसद अंजना पंडित मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला दलहरूबीच संवाद हुनु स्वाभाविक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उहाँले त्यसका लागि तयार गर्नु र त्यससम्बन्धमा दलहरू संवादमा रहनु स्वभाविकै कुरा हो ।’

सोनल गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस सांसद पंडितका अनुसार सत्तापक्ष र प्रतिपक्ष दुवैले साना दलहरूसँग छलफल गरेका छन् । सत्तापक्षले साना दलको समेत साथ लिन खोजेको छ । प्रतिपक्षी दलहरूले भने साना दललाई अर्को सरकार गठनका लागि मनाउने प्रयास गरिरहेका छन् । उनी भन्छिन्, ‘आधिकारिक कुरा केही भएको छैन । कुराकानी त भइराखेको छ ।

मधेश प्रदेशमा दश वटा दल छन् । नेकपा एमाले, नेपाली कांग्रेससहित पाँच पार्टीले सोनललाई समर्थन गरेका छैनन् । सोनललाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थन दिएका छन् ।

कांग्रेस र एमाले बाहेक सोनललाई समर्थन नगर्ने तीन वटा पार्टीका एक/एक जना सांसद रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टीका एक/एक जना सांसद रहेका छन् ।

कांग्रेस र एमालेले पनि यी तीन दलका तीन सांसदलाई आफ्नो पक्षमा राखेर सोनललाई विश्वासको मत पुर्‍याउन नदिने प्रयास गरिरहेका छन् ।

यी तीन दलका तीन जना सांसदलाई आफ्नो पक्षमा पार्ने प्रयासमा सोनललाई समर्थन गर्ने दलहरू छन् । कांग्रेस र एमालेले पनि यी तीन दलका तीन सांसदलाई आफ्नो पक्षमा राखेर सोनललाई विश्वासको मत पुर्‍याउन नदिने प्रयास गरिरहेका छन् ।

सोनललाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ । जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ ।

तर, जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन् । तथापि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएको छ ।

(जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले यही कात्तिक १७ गते छलफल हुने मिति तोकेको छ । उक्त छलफल सम्पन्न नभएसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश छ ।

अब जनमत विभाजनले अदालतबाट आधिकारिता नपाउँदासम्म जनस्वराज पार्टीमा सनाखत गरेता पनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ । जसपा नेपालका एक जना सांसद पनि निलम्बनमा छन् । मधेश प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा निलम्बित रहेकाले विश्वासको मतमा भोट हाल्न पाउँदैनन् ।

यस्तोमा केही गरी जनस्वराज पार्टीमा सनाखत गरेका दुई जनाले मत दिएनन् भने समर्थन गरेका दलबाट सोनललाई मत दिनेको संख्या ५४ मा झर्नेछ । केही गरी अर्को एक जना अनुपस्थित हुन पुगे विश्वासको मत पुग्दैन । यसकारण मुख्यमन्त्री सोनल आफैं साना दलसँग संवाद्मा छन् । मुख्यमन्त्री सोनल भने, ‘विश्वासको मतका लागि समस्या हुँदैन ।’

जसपा नेपालका प्रवक्ता मनिष सुमन सोनल नेतृत्वको सरकार निर्माणमा आफ्नो पार्टीले पहल लिएको बताउँछन् । यसकारण विश्वासको मत दिलाउन पहल पनि लिने उनको प्रतिबद्धता छ ।

‘यो सरकार बनाउन हामीले तदारुकता लिएका हौं । विश्वासको मत दिन्छौं । विश्वासको मत दिलाउन पहल पनि गर्छौं,’ उनी भन्छन्, ‘यो सरकार बनाउने भूमिका खेलेको हुँदा सहयोग गर्नु र सफल बनाउनु हाम्रो दायित्व हो ।सभार अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

८ कार्तिक २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

८ कार्तिक २०८२, शुक्रबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

८ कार्तिक २०८२, शुक्रबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

८ कार्तिक २०८२, शुक्रबार
Next Post
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय

छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय

मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने, मन्त्रिपरिषद् विस्तारको तयारी

मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने, मन्त्रिपरिषद् विस्तारको तयारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh