• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेस केन्द्रित दल : तराई कांग्रेसदेखि जनमत पार्टीसम्म विभाजनको शृङ्खला


मधेस केन्द्रित दल : तराई कांग्रेसदेखि जनमत पार्टीसम्म विभाजनको शृङ्खला

Oplus_16908288

काठमाडौँ । मधेस केन्द्रित पार्टी निर्माण र विभाजन नौलो कुरा रहेन । किनकि यो शृंखला लामो समयदेखि चलिरहेको छ । वैकल्पिक शक्ति दाबी गरेर उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टी समेत यसबाट मुक्त रहन सकेन । तराई कांग्रेस, नेपाल सद्भावना पार्टीदेखि मधेसी जनअधिकार फोरम नेपाल हुँदै जनमत पार्टीसम्म विभाजन हुँदा मधेस केन्द्रित दलको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

जनमत पार्टी विभाजन भएर भर्खरै निर्वाचन आयोगमा जनस्वराज पार्टी गठन भएको छ । जनमतमा उपाध्यक्ष रहेका दीपक साहको नेतृत्वमा असोज २७ गते यो पार्टी दर्ताका लागि निवेदन दिइएको छ ।  पार्टी विभाजन अवैधानिक रहेको भन्दै जनमत पार्टीका अध्यक्ष डा. राउतले सर्वोच्च अदालतमा रिट हालेका छन् । अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

रञ्जिता श्रेष्ठ अध्यक्ष र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि विभाजन भएको छ । नाउपाबाट रेशम चौधरीसहितका नेताहरु अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता का लागि निवेदन दिएका छन् ।

२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि विभाजन भयो । त्यसबाट अलग भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भयो । पार्टी विभाजन विरुद्ध यादवले पनि त्यसबेला सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले अल्पकालीन आदेश गरेको थियो । मुद्दा अझै विचाराधीन छ ।

२००८ सालमा गठन भएको तराई कांग्रेसदेखि सुरु भएको विभाजनको शृङ्खला नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै जनमत र नाउपासम्म पुगेको छ ।

  • सद्भावना पार्टी विभाजनको शृङ्खला

गजेन्द्रनारायण सिंहले २०४० सालमा गठन गरेको नेपाल सद्भावना परिषद्बाट नै मधेसमा मधेस केन्द्रित राजनीतिक गतिविधि सुरु भएको थियो । २००८ सालमै मधेसको मुद्दा र अधिकारको विषयलाई लिएर वेदानन्द झा, कुलानन्द झा, रामजनम तिवारी, श्यामलाल मिश्रलगायतले तराई कांग्रेस गठन गरेका थिए । यद्यपि नेपाल सद्भावना पार्टीको स्थापनापछि मधेसका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि हुन थालेको हो ।

तराई कांग्रेसका अध्यक्ष वेदानन्द झा आफ्नो समूह लिएर राजासँग मिले भने तत्कालीन महासचिव रामजनम तिवारीको समूह नेपाली कांग्रेसमा विलय भयो । नेपाल सद्भावना पार्टी गठन तीन वर्ष नपुग्दै २०५० सालमा रामेश्वर राय यादव, हृदयेश त्रिपाठी लगायतले विभाजन गरेर समाजवादी जनता दल खोले । पछि उनीहरु फेरि एकतामै आएका थिए ।

गजेन्द्रनारायण सिंहको निधन भएपछि २०६० सालमा पार्टीको महाधिवेशनबाटै नेपाल सद्भावना पार्टी विभाजन हुन पुग्यो । त्यतिबेला नेपाल सद्भावना पार्टीको नेतृत्व बद्री मण्डलले गरेका थिए भने विभाजन भएको नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) को नेतृत्व आनन्दी देवीले गरेकी थिइन् ।

२०६२/६३ को जनआन्दोलनमा नेपाल सद्भावना पार्टी (आनन्दी) तत्कालीन सात दलीय गठबन्धनमा सहभागी भएको थियो । जनआन्दोलन सफल भएपछि बनेको सरकारका लागि पुनः पार्टीमा किचलो सुरु भयो । कहिले आनन्दीदेवीलाई प्रयोग गरेर राजेन्द्र महतो मन्त्री भए त कहिले श्यामसुन्दर गुप्ता मन्त्री भए । कहिले हृदयेश त्रिपाठी त कहिले सरिता गिरी मन्त्री बने । त्यसबेला आनन्दी देवीलाई जसले आफ्नो पक्षमा पार्न सक्थे, उही मन्त्री बन्थ्यो ।

त्यसबेला नेपाल सद्भावना पार्टीको लहान, जनकपुर र वीरगञ्जमा एकैसाथ महाधिवेशन भएको थियो । वीरगञ्जबाट श्यामसुन्दर गुप्ताले पार्टी कब्जा गरे भने लहानबाट सरिता गिरी र जनकपुरबाट खुसीलाल मण्डलले पार्टी कब्जा गरे ।

आधिकारिक रुपमा पार्टी कसको हो भन्ने टुंगो थिएन । तीनै पक्षले दाबी गरेका थिए । त्यसपछि पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । अदालतमा लामो समयसम्म मुद्दा चलेपछि श्यामसुन्दुर गुप्ताले नेपाल सद्भावना पार्टी (युनाटेड) गठन गरेर छुट्टै बसे । यता खुसीलाल र सरिताबिचमा मुद्दा चलिरह्यो । निकै पछि सरिता गिरीले मुद्दा जितिन् ।

नेपाल सद्भावना पार्टीको वीरगञ्जमा महाधिवेशन हुँदा श्यामसुन्दर गुप्ताले पार्टी कब्जा गरेपछि राजेन्द्र महतो अलग भएर २०६४ सालमा सद्भावना पार्टी गठन गरेका थिए । त्यो पार्टीबाट अनिल झा अलग भएर २०६८ मा संघीय सद्भावना पार्टी गठन गरेका थिए । सोही वर्ष रामनरेश राय पनि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट अलग भएर राष्ट्रिय सद्भावना पार्टी गठन गरेका थिए । तर उनले लामो समय पार्टी चलाउन सकेनन् र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालसँग एकीकरण गरी तराई मधेस सद्भावना पार्टी बनाएका थिए ।

सरिता गिरीले नेपाल सद्भावना पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा विलय गराइन् । उनी उक्त पार्टीबाट समानुपातिक सांसद भएकी थिइन्, तर चुच्चे नक्साको विवादमा उनी सांसद पदबाट निलम्बनमा परिन् । त्यसबेला उनीसँग कुनै पार्टी रहेन ।

नेपाल सद्भावना पार्टी रामकुमार महतोले आफ्नो नाममा दर्ता गराएका थिए । पछि महतोले लोसपामा रहेका अनिल झालाई नेपाल सद्भावना पार्टीको नेतृत्व सुम्पिए । झाले अहिले नेपाल सद्भावना पार्टी पुनर्गठन गरेका छन् । सरिता गिरीलाई पनि सोही पार्टीमा राखिएको छ ।

  • संविधानसभामा चौथो ठुलो दल बनेर उदाएको फोरम विभाजनको शृङ्खला 

नेपाल सद्भावना पार्टी (आनन्दी देवी) जनआन्दोलन लगायत मधेस आन्दोलनमा सक्रिय भइरहेकै थियो । तर त्यहीबिच उपेन्द्र यादव मधेसी जनअधिकार फोरम नेपाल लिएर मधेसको राजनीतिमा उदाए । २०६३ सालमा भएको पहिलो मधेस आन्दोलनमा फोरमले नेतृत्वदायी भूमिका निभायो ।

मधेस आन्दोलनकै क्रममा भाग्यनाथ गुप्ता, रामकुमार शर्मा, जितेन्द्र सोनल लगायत नेताहरु उपेन्द्र यादवबाट अलग भएर मधेसी जनअधिकार फोरम मधेस गठन गरेका थिए । त्यो फुटले फोरम नेपाललाई खासै फरक परेको थिएन ।

त्यसपछि २०६४ सालमै गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको साथमा लिएर फोरम दोस्रो चरणको मधेस आन्दोलनमा गएको थियो । पहिलो संविधानसभाबाट फोरम मधेसको मुख्य शक्तिका रुपमा उदाउँदै देशकै चौथो ठुलो पार्टी बन्न सफल भयो ।

तर त्यो शक्ति लामो समय टिकेन । २०६५ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि अर्को प्रधानमन्त्री बनाउन पार्टीभित्र लफडा भएको थियो । उपेन्द्र यादव र विजयकुमार गच्छदार दुवै जनाले सरकारमा जाने अडान लिए । कुरा नमिलेपछि विजयकुमार गच्छदारले २०६६ मा पार्टी विभाजन गरेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए ।

त्यसअघि नै सरकारको विषयलाई लिएर अमर यादव फोरमबाट अलग भएर मधेस तराई फोरम गठन गरेका थिए । तर अमर यादव सांसद नभएकाले फोरमलाई खासै असर पारेन । तर गच्छदार अलग भएपछि यादवलाई ठुलै धक्का लागेको थियो । जयप्रकाश गुप्ता बाहेक अन्य सबै शीर्ष नेता गच्छदारको साथमा लागे । त्यसले उपेन्द्र यादवलाई निकै कमजोर बनायो ।

माओवादीका तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण हुन लाग्दा सरकारमा जाने विषयलाई लिएर फेरि विवाद भयो । जेपी गुप्ता उपेन्द्र यादवको साथ छाडेर २०६८ मा मधेसी जनअधिकार फोरम (गणतन्त्रिक) गठन गरी मन्त्री बन्न पुगे ।

यस्तै टुटफुटका कारण २०७० सालको चुनावमा नराम्रो नतिजा आयो । २०७२ सालमा उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनाए । पछि उक्त पार्टीबाट मोहम्मद रिजवान अन्सारी लगायत नेताहरु अलग भएर नेपाल संघीय समाजवादी पार्टी गठन गरेका थिए । रिजवान अलग भएपछि पनि उपेन्द्र यादवलाई कुनै असर गरेको थिएन, किनकि उनी सांसद थिएनन् ।

त्यसपछि उपेन्द्र यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग २०७६ सालमा एकीकरण गरेर समाजवादी पार्टी बनाए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच २०७७ सालमा एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल बन्यो ।

तर त्यो पार्टी एक वर्ष पनि चल्न सकेन । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले त्यहाँबाट अलग भएर २०७८ भदौमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे । त्यसको केही समयपछि डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव लगायत नेताहरुले पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरे । जसपा नेपालबाट भट्टराई निस्केको एक वर्ष नबित्दै २०८१ वैशाखमा अशोक राई पनि त्यहाँबाट अलग भएर जनता समाजवादी पार्टी बनाए ।

  • तमलोपा विभाजनको शृङ्खला 

कांग्रेसबाट विद्रोह गरेर २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका महन्थ ठाकुरको नेतृत्वको पार्टी पनि एक रहन सकेन । २०६७ सालमा महिन्द्र राय यादव अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गरेका थिए । पछि तमलोपा नेपाल राष्ट्रिय सद्भावना पार्टीसँग एकीकरण भयो र पार्टीको नाम तराई मधेस सद्भावना पार्टी राखियो ।

महन्थ ठाकुरको तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राजेन्द्र महतोको सद्भावना पार्टी र महिन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टीबिच २०७४ मा एकीकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल बनेको थियो ।

अध्यक्षात्मक प्रणालीको उक्त पार्टी ठिकठाक चलिरहेको थिएन । राजपा नेपालबाट हृदयेश त्रिपाठी अलग भएर अर्को समूह बनाएर राजनीतिमा थिए । पछि उनले जनता प्रगतिशील पार्टी बनाए ।

त्यसपछि राजपा नेपालबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपालाई पुनर्गठन गरी छुट्टै पार्टी सञ्चालन गरे । त्यही बेला उपेन्द्र यादवको तत्कालीन समाजवादी पार्टीले एकताको हात अगाडि बढाएपछि राजपा नेपाल र समाजवादी पार्टीबिच एकता भएर जसपा नेपाल बनेको थियो । जो पछि विभाजन भएर लोसपा बनेको थियो ।

उता जेलमा रहेका लोसपा नेपालका नेता रेशम चौधरीले आफू संरक्षक रहेर आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । त्यस्तै लोसपा नेपालबाट नै अलग भएर राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी बनाए । अनिल झाले लोसपा नेपालबाट अलग भएर नेपाल सद्भावना पार्टीलाई पुनर्गठन गरे ।

  • फोरम लोकतान्त्रिक फुटको शृङ्खला  

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६६ सालमा अलग भएर विजयकुमार गच्छदारले मधेसी ननअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । तर त्यो पनि सग्लो रहन सकेन । त्यो पार्टीबाट शरतसिंह भण्डारी अलग भएर । केही समय तराई मधेस अभियान चलाएका भण्डारीले पछि राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका थिए । पछि भण्डारीको दल राजपा नेपालमा एकीकरण भयो । उनी हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष छन् ।

गच्छदारको पार्टी भण्डारीले मात्र होइन, सञ्जय साह (टकला)ले पनि विभाजन गरे २०६७ सालमा मधेस क्रान्ति फोरम बनाएका थिए । यसरी एकपछि अर्को नेताले साथ छाड्दै गएपछि गच्छदार मधेसको राजनीति छाडेर आफ्नो पूर्व पार्टी कांग्रेसमै पुगे ।

यसरी तराई मधेस केन्द्रित हरेक पार्टी फुटबाट टाढा रहन सकेका छैनन् । फुटको शृंखला अझै कति चल्ने हो भन्न सकिने अवस्था छैन ।

लोसपा उपाध्यक्ष लक्ष्मणलाल कर्ण पार्टी विभाजनमा आफूहरुको गल्ती भएपनि सरकारले मुख्य भूमिका खेलेको बताउँछन् ।

‘यदि सरकारले चाहेन भने कुनै पनि पार्टी विभाजन हुँदैन । पार्टी विभाजनका लागि एउटा निवेदन लिएर निर्वाचन आयोग जानुस्, सबै मिलाएर पार्टी अलग गरेर पठाइदिन्छन्,’ उनी भन्छन्, ‘बरु नियम कानुन मिलेन भने विभाजित दलहरु सर्वोच्चमा मुद्दा हाल्न जान्छन् । तर वर्षौंसम्म फैसला नै आउँदैन ।‘

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि पार्टी विभाजनमा सरकारको नेतृत्वमा बस्नेहरुकै मुख्य भूमिका रहेको टिप्पणी गर्छन् । आफ्नो पार्टी विभाजन हुनुमा उनी निर्वाचन आयोगलाई पनि दोषी देख्छन् । कानुन अनुसार नमिले पनि शक्ति केन्द्रको दबाबमा पार्टी विभाजन गरिएको उनको आरोप छ ।

तर जनमत पार्टीबाट अलग भएर जनस्वराज पार्टी गठन गरेका दीपक साह भन्छन्, ‘पार्टी अध्यक्षको निरकुंश शैलीका कारण पार्टी विभाजन हुने गरेको हो । पार्टी बनाउन सबैको खुन पसिना बगेको हुन्छ, तर पार्टीका अध्यक्षहरु खल्तीबाट नै पार्टी सञ्चालन गर्न खोज्दा विवाद हुन्छ र त्यो विभाजनसम्म पुग्छ ।सभार राताेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

७ कार्तिक २०८२, बिहीबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

७ कार्तिक २०८२, बिहीबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

७ कार्तिक २०८२, बिहीबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

७ कार्तिक २०८२, बिहीबार
Next Post
मधेश केन्द्रित दल : चुनावका लागि तयार

मधेश केन्द्रित दल : चुनावका लागि तयार

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतमा रोक्ने दाउमा कांग्रेस–एमाले

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतमा रोक्ने दाउमा कांग्रेस–एमाले


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh