महोत्तरी रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताएका हुन् ।
‘अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुन सक्छन्,’ उनले भने, ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका प्रचण्डले यसविरुद्धमा रहेकाहरूले जेनजीकाे भावना बुझ्न नसक्ने बताए ।
‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ, जो समावेशी लोकतन्त्रको विरुद्धमा छ, उनीहरूले जेनजीको भावनालाई बुझ्न सम्भव छैन,’ उनले थपे, ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारहरूसँगको कुराकानीमा पनि जेनजीलाई लगातार अपिल गर्दै आएको छु










































































































