
३० असोज, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् ।
भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा आजै मुद्दा दायर गरेको थियो ।
अख्तियारले मधेश प्रदेश सभालाई जानकारी गराएको छ।
अख्तियारको पत्र अनुसार मधेश प्रदेशसभाले कुशवाहालाई सांसद पदबाट निलम्बन गरेको जानकारी गराएको छ ।








































































































