नेपालमा पछिल्ला दिनमा सिर्जना भएको विषम परिस्थिति र सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै केही समयका लागि गाउँपालिकाम रहेका प्रहरी चौकीबाट नजिककाे प्रहरी चाैकीमा गएका प्रहरीहरू आइतबार पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। उनीहरूलाई सोनमा गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादव, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणले फूलमाला, अबिर र खादा लगाएर सवगत गरेका हुन्।

स्वागत समारोहमा गाउँका समाजसेवी, बुद्धिजीवी, बृद्ध–जेष्ठ नागरिक, महिला, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागीता रहेको थियो।

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै भने,
“प्रहरीको फर्काइले गाउँपालिकामा सुरक्षाको महसुस भइरहेकाे छ । प्नहरीहरु न भएकाेले सर्वसाधारण त्रसित अवस्थामा समय बिताइरहेकाे थियाे । अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि प्रहरी अपरिहार्य छन्।”

त्यस्तै, मगरथाना प्रहरी चौकी प्रमुख दिपेन्द्र कुमार यादवले चौकी चारैतिर पर्खाल नहुँदा सुरक्षा चुनौती बढिरहेको भन्दै गाउँपालिका अध्यक्षसँग पर्खाल निर्माण तत्काल गर्न माग गरे।
उनको मागप्रति प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादवले भने
“मगरथाना प्रहरी चौकीको चारैतिर पर्खाल निर्माणका लागि गाउँपालिकाले रकम विनियोजन गरिसकेको छ। निर्माण कार्य यसै आर्थिक वर्षमै सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।
कार्यक्रममा सहभागी बनेका इलाका प्रहरी चौकी खैरबनीका इन्चार्ज रबिन्द्र मिश्रले स्थानीयलाई सम्बोधन गर्दै भने।त्यसतै रघुनाथपुर प्रहरीका इन्चार्ज ले भन्ने सुरक्षा भन्ने कुरा प्रहरी मात्रको जिम्मेवारी होइन, प्रहरी र नागरिक दुवैको सहकार्यबाट मात्रै सम्भव हुन्छ। चौकी पुनः सक्रिय भएपछि यस क्षेत्रमा शान्ति–सुरक्षा थप मजबुत हुनेछ ।









































































































