• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

फेसबुकमा सीमित भयो मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामा


फेसबुकमा सीमित भयो मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामा

काठमाडौँ । जनमत पार्टीका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामाबाट पछाडि हटेका छन् ।

जेनजी पुस्ताको आन्दोलनका कारण जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दिएको निर्देशनका आधारमा मुख्यमन्त्री सिंह आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर अहिले देशमा नयाँ प्रधानमन्त्री नियुक्त भइसकेपछि उनी आफू नै मुख्यमन्त्री रहेको भन्न थालेका हुन् ।

JANAMAT

भदौ २४ गते आन्दोलनले उग्र रूप लिएपछि उनले आफ्नो फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए । राजीनामा दिनका लागि पार्टीका अध्यक्ष राउतले उनलाई निर्देशन दिएका थिए । कैलाश मानसरोवरमा रहेका अध्यक्ष राउतले आफू पनि संसद् पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री सिंहले आफ्नो फेसबुकमा लेखेका थिए, ‘….नागरिकको ज्यान भन्दा ठुलो अरू केही छैन भने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेस प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।’ ढढ

satish jii

त्यति मात्र होइन उनले भनेका थिए, ‘म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै यो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकोमा जनमत पार्टीका श्रद्धेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यूसहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरूप्रति  कृतज्ञता प्रकट गर्दछु ।

मुख्यमन्त्री सिंहले प्रेस विज्ञप्ति जारी गरेर राजीनामा दिए पनि उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष औपचारिक पत्र बुझाएका थिएनन् । त्यसैलाई आधार मानेर उनी आफू नै मुख्यमन्त्री रहेको भन्न थालेका छन् । उनी पुनः मुख्यमन्त्रीमा फर्किनका लागि वकिल तथा विभिन्न दलका नेताहरूसँग छलफलमा जुटेका छन् ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले भदौ २४ गते मधेस भवनमा तोडफोड हुन थालेपछि आफ्नो राजीनामा घोषणाले त्यो साम्य हुन्छ कि भनेर मुख्यमन्त्री सिंहले राजीनामाको घोषणा गरेको स्पष्ट पारे । धनजनको धेरै क्षति नहोस् भनेर मुख्यमन्त्री सिंहले त्यो दिन आफ्नो फेसबुकबाट राजीनामा घोषणा गरेको उनको भनाई छ ।

‘मेरो राजीनामाले यदि अवस्था सहज हुन्छ, सबै कुरा शान्त हुन्छ भने म राजीनामा दिन तयार छु भन्दै मुख्यमन्त्री सिंहले राजीनाको घोषणा गर्नु भएको हो । अहिले फरक परिस्थिति भएको कारण अब के गर्ने भनेर त्यसको बारेमा उहाँ दलका नेता तथा वकिलहरूसँग छलफलमा जुट्नु भएको छ’, सल्लाहकार झाले भने ।

तर, जनमत पार्टीका अध्यक्ष राउतले आफूहरूले संसद् र सरकार सबै छाडेको बताएका छन् । हिजो आफ्नो फेसबुकमा लेख्दे उनले भनेका छन्, ‘मैले पद छोडेको भोलि पल्टै देश र मधेस स्वर्ग बन्नेछ, मैले छोडेको भोलि पल्टै १० लाख रोजगारी सिर्जना हुनेछ, मैले छोडेको भोलि पल्टै स्कुल र अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुचारु हुनेछ, मैले छोडेको भोलि पल्टै आर्थिक समृद्धि आई मान्छे पिच्छै मकान र गाडी हुनेछ । मानौँ मैले छोडेको भोलि पल्टै र ऊ आउने बित्तिकै यी सब पूरा हुनेछन् । ल त, छोडी दिएको छु सांसद पद, सरकारी पद ! ल त, छोडी दिएको छु बाटो ! ल त, अब रातारात माथिका कुरा पूरा गरेर तपाईँ  नै देखाउनोस् ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२८ भाद्र २०८२, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२८ भाद्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२८ भाद्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२८ भाद्र २०८२, शनिबार
Next Post

भारत प्रवेश गर्नेक्रममा ७५ जना नेपाली कैदीबन्दी एसएसबीको नियन्त्रणमा

केपी ओलीविरुद्ध जाहेरी दर्ता भएको छैन - कपिलवस्तु प्रशासन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh