• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशका तीनवटा जेलबाट भागे ९८३ कैदीबन्दी


मधेशका तीनवटा जेलबाट भागे ९८३ कैदीबन्दी

Oplus_16908288

२५ भदौ, जनकपुरधाम । मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् ।

सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा र बारा बाहेक ६ वटा जिल्लामा कारागार छन् ।

सप्तरीको  राजविराजस्थित सप्तरी कारागारबाट २०५ कैदीबन्दी भागेका छन् । जसमध्ये ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले बताए ।

दिउँसो १ बजेतिर थुनुवाहरूले भाग्नका लागि कारागार भित्र आगजनी गरेका थिए । प्रहरीहरू आगलागी निभाउन थालेपछि कैदी बन्दीहरू फरार भएका हुन् । त्यस क्रममा २५ जना र ६ जना गरी ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सीडीओ पोखरेलको भनाइ छ ।

उनीहरू भारततिर भागेको हुन सक्ने प्रहरीको आशंका छ । ‘इन्डियाको नाकातिर भागेको हुन सक्छ । ३१ जनलाई पक्राउ गरि ल्याइएको छ । बाँकीको पनि खोजी गरिरहेका छौं’ सीडीओ पोखरेलले भने ।

जेनजीको आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बाहिर निक्लेसँगै देशभर कैदीबन्दीले ‘जेलब्रेक’ गरेर फरार भएका हुन् । त्यही नजिर राख्दै देशका अन्य जेलहरूबाट समेत कैदीबन्दी भित्रै आन्दोलन चर्काएर भागिरेका छन् ।

महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ सबै ५७६ कैदीबन्दी भागेका थिए ।

मधेश आन्दोलनका क्रममा भएका सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणको अभियोगमा रहेका ६ केदीलाई आन्दोलनकारी रिहाइ गराउन गएको बेला कैदीबन्दी पनि आन्दोलन गरेर भागेका हुन् ।

यस्तै गौर कारागारबाट २३३ कैदीबन्दी फरार भएका छन् । २९१ कैदी रहेको जेलमा तोडफोड गरी २४ जना बाहेक सबै भागेका छन् ।

यस्तै सर्लाहीको मलंगवा कारागारमा आज बिहान आन्दोलन गरेर कैदीबन्दी आगजनी गरेर भाग्न खोजेपनि तीनवटै सुरक्षा निकायले रोक्न सफल भएका छन् । आगजानी नियन्त्रणमा लिएका थिए ।

सो जेलमा विवादित धर्मगुरु रामबहादुर बम्जन छन् । उनका समर्थकहरू उनलाई त्यहाँ आक्रमण गरेर छुटाउन पुगेका थिए ।

यद्यपि, सुरक्षाकर्मीले धपाएका थिए भने आगजनी निभाएका थिए । त्यस क्रममा कयौं राउण्ड हवाई फायर र अश्रुग्यास सुरक्षाकर्मीले प्रहार गरेका थिए ।

वीरगञ्जको कारागारबाट भाग्न खोजेपछि रातिदेखि नै तनाव थियो । नेपाली सेनाले गोली चलाएर वीरगञ्जमा कैदीबन्दीलाई रोकेको छ । अहिले देशका धेरै कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।

सुरक्षाकर्मीको सक्रियताले रोक्न सफल भएको र अहिले अवस्था समान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।

सिरहा कारागार भने अहिलेसम्म शान्त छ । मधेशमा रहेका कारागार सदरमुकाम र सीमाको नजिकमा रहेकाले बहु संख्यक कैदी खुल्ला सीमा हुँदै भारत भागेको हुन सक्ने आशंका गरिएको छ ।

कैदीहरू जेलबाट भागेपछि समाजमा असुरक्षा र भयत्रास सिर्जना भएको छ । फरार कैदीहरुको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२५ भाद्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२५ भाद्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२५ भाद्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२५ भाद्र २०८२, बुधबार
Next Post

प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh