_ZRgq6WRL4K.jpg)
जलेश्वर । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मंगलबार जनकपुर–भिट्ठामोड सडक अवरुद्ध भएको छ ।
आन्दोलनकारीले महोत्तरीको पर्साचोक, पिपरा गाउँपालिकाको चाँदनी चोक लगायतका क्षेत्रमा यातायात अवरुद्ध गराएका हुन् ।
बिहानैदेखि प्रदर्शनकारीले सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । कतिपय सडक खण्डमा रुखका हाँगा, बाँस तेर्स्याएर यातायात अवरुद्ध गरिएको छ ।







































































































