• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मोर्चाका नेताहरूले भने : भूमि ऐन मधेशीलाई अल्पसंख्यक बनाउन ल्‍याइयो


१८ भदौ, काठमाडौं। संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूले भूमि ऐन ल्‍याएर सरकार मधेशलाई अल्पसंख्यक बनाउन खोजेको बताएका छन् ।  बुधबार सप्तरीको रावविराजमा आयोजित जनजागरण अभियानमा बोल्दै उनीहरूले मधेशलाई कमजोर नसम्झिनसमेत चुनौती दिए ।

कार्यक्रममा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशीको जन्म नै संघर्ष गर्नलाई भएकोले संघर्षबाट मधेशी पछि नहट्ने बताए।

भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको उनले बताए। ‘भूमि ऐन मधेशीलाई मधेश मै अल्पसंख्यक बनाउने षड्यन्त्र हो, उनले भने, ‘ मधेशीलाई कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्रै छ।’ उनले भने ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले चरणवद्ध रूपमा मधेशलाई मरुभूमि बनाउन खोजिएको आरोप लगाएका छन् ।

बुधबार संघीय लोकतान्त्रिक मोर्चाले सप्तरीको रावविराजमा आयोजित जनजागरण अभियानमा बोल्दै यादवले सरकार पटक-पटक जालझेल गरेर तराई मधेशको उब्जाउ भूमिलाई कब्जा गरेको बताए ।

उनले भने, ‘तराई मधेशको उब्जाउ भूमिलाई शासकवर्गले पटक-पटक खोस्ने षडयन्त्र बनायो। पहिलो चरणमा वक्सिस, बिर्ता जागिरको रुपमा वितरण गरे। दोस्रो चरणमा

हदबन्दीको नाममा खोसे। तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरुलाई वन विनाश गरेर जमिन बाँडे,चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे । र अहिले भूमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजिएको छ।’

उनले मधेशलाई आन्तरिक उपनिवेश बनाई अझै शासन गरिरहेको भन्‍दै आफ्नै शासन सत्ताको लागि सबै मिलेर संघर्ष गर्नु पर्ने बताए। ‘मधेशलाई आन्तरिक उपनिवेश बनाई अझै शासन भइरहेको छ। अब आफ्नै शासन सत्ताको लागि सबै मिलेर संघर्ष गर्नु पर्ने बेला आएको छ।’ समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्ने उनको भनाइ थियो ।

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियानले पहिला यस मोर्चाकै नेता जाग्नुपर्ने बताए। अहिलेको सत्ता गठबंधन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको बताए। उनले भने, ‘भूमि ऐन पास हुँदा मोर्चाका घटक दलको हाउसमा पोजिसन के रह्यो प्रस्ट्याउनु पर्छ।’

उनले अधिकार पाउनका लागि सारा मधेशी पार्टी एक भएर मात्रै नपुग्ने भन्‍दै आदिवासी जनजाति एकजुट हुनुपर्नेमा जोड दिए। ‘हामी सबै एकजुट नभएसम्म अधिकार पाउनेबाला छैन।’

उत्पीडितहरूलाई अधिकारविहीन बनाई कांग्रेस, एमालेले विगत ३५/३६ वर्षदेखि देश लुटेर जनतालाई कंगाल बनाएको उनले बताए। पुर्वी सभ्यता र संस्कृतिलाई मेटाएर यहाँका शासकवर्गले होलीवाइन संस्कृति लाद्न खोजेको उनको आरोप थियो।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले यदि यो मोर्चा तोड्न कमजोर पार्ने षडयन्त्रलाई खबरदारी गर्नुपर्ने बताए । ‘यो राज्यसत्तालाई मधेश चाहिने तर मधेशी नचाहिने बताए। भूमि विधेयक भूमिविहीन र सुकुम्बासीको लागि भन्दा पनि भूमाफियाको लागि ल्याएको छ।’

मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको बताए। आन्दोलनकारी माथिको झुठा मुद्दा सरकारले फिर्ता लिनु पर्ने बताए।

मोर्चाका नेता तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी  चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको बताए। यी सबै पार्टीले मिलेर संघर्ष गर्ने हो भने मात्रै अधिकार प्राप्त हुन सक्ने बताए।

कार्यक्रममा  मोर्चाका शीर्ष नेतागण क्रमशः उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल,टीका लक्ष्मी चौधरी,केशव झा, मनिष सुमन, सन्तोष मेहता ,आभास लाभ, मनिष मिश्र,किरण साह, अनिरुद्ध सिंह, बिनोद सिंह, डा. विजय सिंह लगायतको विशेष उपस्थिति रह्यो।

मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान संचालन गर्ने तय गरेको थियो। जसअनुसार अब २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१८ भाद्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१८ भाद्र २०८२, बुधबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

१८ भाद्र २०८२, बुधबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

१८ भाद्र २०८२, बुधबार
Next Post

सकियो सामाजिक सञ्जाल सूचीकरणको म्याद, अब के हुन्छ ?

एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh