• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भूमि विधेयक फिर्ताको माग गर्दै जसपाको जलेश्वरमा प्रदर्शन, मधेशविरोधी कदम भन्दै सरकारको विरोध


भूमि विधेयक फिर्ताको माग गर्दै जसपाको जलेश्वरमा प्रदर्शन, मधेशविरोधी कदम भन्दै सरकारको विरोध

महोत्तरी — गोपाल झा , साउन १५ गते

जनता समाजवादी पार्टी (जसपा) नेपालले चुरे क्षेत्रको संरक्षणको नाममा ल्याइएको भूमि विधेयक मधेश विरोधी भएको आरोप लगाउँदै उक्त विधेयक फिर्ता लिन माग गरेको छ । आइतबार जलेश्वरमा भएको प्रदर्शनमा जसपाका नेताहरूले ओली नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाउँदै उक्त विधेयक मधेश र मधेसी समुदायको अस्तित्व समाप्त पार्ने नियतसहित ल्याइएको बताएका छन् ।

    जलेश्वरको खैरा चोकस्थित जसपा नेपालको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली नगरको मुख्य चोक हुँदै नगरपालिका चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै जसपा नेपालका महासचिव रामकुमार शर्माले भूमि विधेयकमार्फत चुरे क्षेत्रको दोहन गरी मधेशलाई मरुभूमिकरण गर्ने योजना सरकारको रहेको आरोप लगाएका हुन् ।     “ओली नेतृत्वको सरकार अलोकतान्त्रिक मात्र होइन, मधेशविरोधी पनि छ,” महासचिव शर्माले भने, “संविधान संशोधन, सुशासन र बेरोजगारी अन्त्यको प्रतिबद्धता गर्ने एमाले–कांग्रेस गठबन्धन अहिले प्रतिवद्धताबाट पछि हटेर मधेशको अस्तित्वमाथि प्रहार गरिरहेको छ ।” उनले उक्त विधेयक भूमाफियालाई चुरे र वन फँडानीको जिम्मा दिने र मधेशको वातावरणीय सन्तुलन नष्ट गर्ने गरी आएको दाबी गरेका हुन् ।

राणा र महेन्द्रले मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउन अपनाएको नीति ओली सरकारले समेत पुनरावृति गरेको उनको कथन थियो ।

अर्को प्रसंगमा महासचिव शर्माले जसपा नेपालले भूमि विधेयकको विरोध गर्दै अध्यक्ष उपेन्द्र यादवलाई १९ वर्ष पुरानो गौर घटनामा फँसाउने षडयन्त्र समेत गरि रहेको बताए ।

     त्यस्तै प्रदेश सांसद एवं जसपा नेपालकी कोषाध्यक्ष सुरिता साहले संघीयता समाप्त गर्ने, मधेसी समुदायलाई अल्पमतमा पार्ने नियतसहित सरकारले भूमि विधेयक ल्याएको आरोप लगाइन् । उनले यो विधेयक मधेशको प्राकृतिक स्रोतसाधन खोस्ने र मधेसी जनताको अधिकार कमजोर पार्ने सरकारी षड्यन्त्र रहको बताईन् ।

    त्यसैगरी,जसपाका महोत्तरी  जिल्ला अध्यक्ष राम नरेश रायले भूमि विधेयक सचिवालयस्तरबाट डिजाइन गरिएको र यसमा ग्रामीण जनताको आवाज सुन्ने प्रयास नगरेको आरोप लगाए । उनले यो विधेयक लागू भए मधेशका सच्चा किसान भूमिहीन हुन्छन् । जंगल, खोलाका जमिन र गुठीका सम्पत्तिहरू भू–माफियाको हातमा सर्छ । यो विधेयक मधेशी जनताको अधिकार हनन गर्ने एक योजनाबद्ध षड्यन्त्र रहेको भन्दै  किसानका नाममा चलिरहेको राजनीति र लुटतन्त्रको अन्त्य गर्नुपर्ने बताए ।       जिल्ला अध्यक्ष रायको अध्यक्षतामा भएको कोणसभामा पुर्ब स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, हरिनारायण यादव लगायतले भूमि विधेयक मधेसी जनताको भावना विपरीत भएकोले त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।         सभाको क्रममा नेताहरूले भूमि विधेयकमा विरोध जनाएकै कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको आरोप पनि लगाए । उनीहरूले यसलाई सरकारको दमनकारी चरित्रको प्रमाणको रूपमा उल्लेख गरेका छन् ।

बक्ताहरुले चुरे मास्ने, वन फँडानीलाई प्रोत्साहन गर्ने, र मधेशको जनजीवन र वातावरणमाथि नकारात्मक असर पार्ने भूमि विधेयक तत्काल फिर्ता गर्नुपर्ने  भन्दै  सरकारले संघीयता, पहिचान र समावेशी लोकतन्त्रको मर्म विपरीत जाने कुनै पनि कदम चाल्न नहुने चेतावनी समेत दिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

१५ भाद्र २०८२, आईतवार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

१५ भाद्र २०८२, आईतवार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१५ भाद्र २०८२, आईतवार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

१५ भाद्र २०८२, आईतवार
Next Post
चट्याङ लागेर १९ जनाको मृत्यु

मध्यराति भूकम्प, २० भन्दा बढीको मृत्यु, सिंगो गाउँ नै भग्नावशेषमा

अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइ

अफगानिस्तान भूकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh