• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आफ्नै मन्त्री फिर्ता बोलाउन सकेनन् लोसपा र जसपाले, प्रधानमन्त्रीको निर्णयको प्रतीक्षा


आफ्नै मन्त्री फिर्ता बोलाउन सकेनन् लोसपा र जसपाले, प्रधानमन्त्रीको निर्णयको प्रतीक्षा

Oplus_16908288

काठमाडौँ । आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता बालाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाए पनि त्यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गर्न सकेका छैनन् ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट मन्त्री बनेका शरत्सिंह भण्डारीलाई तीन महिनाअघि नै फिर्ता बोलाउन पत्र पठाएका थिए । तर प्रधानमन्त्री ओलीले हालसम्म निर्णय गरिसकेका छैनन् ।

यस्तै एक महिनाअघि अशोक राई अध्यक्ष रहेको जसपाले पनि आफ्ना दुई मन्त्री फिर्ता बोलाएर उक्त ठाउँमा अरू दुई जना सिफारिस गरेका थिए । त्यसबारे पनि प्रधानमन्त्रीले निर्णय गरेका छैनन् । दुवै दल प्रधानमन्त्री ओलीको निर्णयको प्रतीक्षामा छन् ।

लोसपा नेपालका अध्यक्ष ठाकुरले गत असारमा भण्डारीलाई फिर्ता बोलाएर उक्त ठाउँमा पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको नाम पठाएका थिए ।

हिजो (सोमबार) सम्पन्न पार्टीका शीर्ष नेताहरूको बैठकमा मन्त्री फिर्ता बोलाउने विषयमा कुरा उठ्दा अध्यक्ष ठाकुरले यसबारे जानकारी दिएका हुन् । बैठकमा उनले गुनासो गरेका थिए, ‘मन्त्री फिर्ता बोलाएको र त्यस ठाउँमा अरू पठाएको महिनौँ भइसक्यो, प्रधानमन्त्रीले निर्णय गर्दैनन् भने म के गरूँ ?

तर लोसपाका महासचिव डा.सुरेन्द्र झा भने बैठकमा यो किसिमको कुरा नउठेको बताउँछन् । ‘भण्डारीजीलाई बोलाएर शुक्लाजीलाई पठाउने पार्टीमा पहिला नै सहमति भइसकेको हो, तर प्रधानमन्त्रीले अन्य मन्त्रीहरू हेरफेर गर्ने वेलामा मात्र यो काम हुन्छ भन्नुभयो, त्यसका लागि पार्टीलाई कुनै हतार छैन,’ झाले बताए ।

प्रधानमन्त्री ओली एमाले, कांग्रेसलगायत अन्य पार्टीका मन्त्रीहरू फेरबेदलन गर्ने सोचमा छन्, झाका अनुसार अन्य मन्त्रीहरू फेरबदल भए लोसपाबाट पनि हुन्छ । ‘तर आजको आजै कसैले चाहँदैमा हुनुपर्छ भनी कसैको दबाव वा चाहना छैन,’ झाले प्रस्ट्याए ।

बैठकमा सहभागी एक पदाधिकारी अनुसार पार्टीका वरिष्ठ नेता भण्डारीलाई एक वर्षका लागि सरकारमा पठाइएको थियो, तर एक वर्षभन्दा बढी समय बित्दा पनि भण्डारी फिर्ता नभएपछि पार्टीभित्रै गुनासो बढ्न थालेको छ । त्यही गुनासोको जवाफमा अध्यक्ष ठाकुरले त्यस्तो जवाफ दिएका ती पदाधिकारीले तर्क गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा शुक्ला जाने सुरुमै तय भए पनि सपथ खाने दिन प्रधानमन्त्री कार्यालयमा भण्डारीको नाम गएको पार्टीभित्रै चर्चा हुने गरेको छ । जसप्रति असन्तुष्ट भएका शुक्ला पार्टी छाड्ने अवस्थामा पुगेका थिए, पछि अध्यक्ष ठाकुरकै जोडबलमा उनी पार्टीमै रहेका बताइन्छ ।

जसपा पनि उही समस्या 

यता यस्तै समस्या जसपामा पनि देखिएको छ । जसपाले पार्टीबाट एक वर्षका लागि दुई जनालाई मन्त्री बनाएर पठाएको थियो । जसअनुसार एक बर्से कार्यकाल सकिएपछि खानेपानी मन्त्री प्रदीप यादव र महिला बालबालिका तथा समाजकल्याण मन्त्री नवलकिशोर साहलाई फिर्ता बोलाएर उक्त ठाउँमा डा.वीरेन्द्र महतो र रञ्जु ठाकुरको नाम पार्टीले पठाएको छ । तर यस विषयमा पनि प्रधानमन्त्रीले हालसम्म निर्णय गरेका छैनन् ।

महाधिवशेनका विषयमा पनि छलफल

सोमबार सकिएको लोसपा नेपालको शीर्ष नेताहरूको बैठकमा महाधिवेशनका विषयमा पनि व्यापक छलफल भएको छ । साउन मसान्तभित्र महाधिवशेन गर्ने मिति तय गरेको लोसपा नेपालले तोकिएको समयमा महाधिवेशन गर्न सकेन, र नयाँ मिति तयका लागि छलफल भएको हो । पार्टीले महाधिवेशन गर्न भनी तय गरेका यसअघिका तीन वटा मिति खेर गइसकेका छन् ।

‘अब एउटा मिति तय हुन्छ, त्यसमा महाधिवेशन हुनेगरी छलफल हुन्छ,’  महासचिव झाले भने, ‘ढिलो होस् तर तोकिएको मितिमा मात्र होस् ।’ नेताहरूले पनि बैठकमा यही सुझाव दिएका उनको भनाइ थियो । र पार्टी अध्यक्ष ठाकुरले एउटा मिति घोषणा गर्ने उनले बताए ।

हरेक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने पार्टीको विधानमा व्यवस्था छ । पार्टी स्थापना भएको भदौ ९ गते चार वर्ष पूरा भएको छ । निर्धारित समयमा महाधिवेशन हुन नसके ६ महिना म्याद थप्न सकिने प्रावधान छ ।
यद्यपि पाँच वर्षभित्रै महाधिवेशन गर्ने तयारीमा लोसपा नेपाल छ । पार्टीका एक नेताका अनुसार पार्टीको पहिलो महाधिवशेन अगामी मंसिर वा चैतमा हुने योजना बनिरहेको छ । अध्यक्ष ठाकुरले यिनै दुई महिनामध्ये एउटामा महाधिवशेन गर्ने तयारी गरिरहेका ती नेताले दाबी गरे । उनका अनुसार एक दुई दिनमा महाधिवेशनको अर्को मिति घोषणा हुनेछ ।

भूमिसम्बन्धी विधेयकमा पनि लोसपा नेपालको ध्यानाकर्षण छ । विधेयकमा देखिएका त्रुटिहरू सच्याउन सरकारलाई दबाव दिने पनि बैठकमा निर्णय भएको महसचिव झाले बताए । त्यस्तै शिक्षा विधेयक र पछिल्लो समय मधेसमा भइरहेको गैरन्यायिक हत्याबारे पनि पार्टीको ध्यानाकर्षण भएको झाले बताए ।

संविधान संशोधनको एजेन्डामा पनि पार्टीले छलफल गर्ने र त्यसको लागि अध्ययन गर्न पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई यसअघि नै जिम्मेवारी दिइएको छ, त्यसमा के कति अध्ययन भएको छ त्यसबारे जानकारी गराउन पार्टीले उपाध्यक्ष कर्णलाई निर्देशन दिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१० भाद्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१० भाद्र २०८२, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

१० भाद्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

१० भाद्र २०८२, मंगलवार
Next Post

पूर्वमन्त्री साहको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन

मदिरा सेवन गरेर वडाध्यक्षले कुटे शिक्षक, शरीर बन्धक तथा कुटपिट मुद्दामा पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh