• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भूमि विधेयकमा सहमति जुटाएर जसपा नेपाललाई सरकारमा ल्याउने तयारी


३१ असार, काठमाडौं । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी (जसपा) नेपालको ७ र ८ असारमा बसेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णत: असफल भएको निष्कर्ष निकालेको थियो ।

सरकारले एक वर्ष पार गर्नै लाग्दा समर्थक दल जसपा नेपालले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट संकेत गरेको थियो । सरकार असफल रहनुमा भ्रष्टचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार नहुनु लगायतलाई जसपा नेपालले ठहर गरेको थियो ।

गत साउनमा प्रधानमन्त्री ओलीलाई दिएको समर्थनमा पुनर्विचार गर्न कार्यकारिणी समितिले पार्टीको संसदीय दललाई निर्देशन समेत दिएको थियो । कार्यकारिणी समितिको निर्णयसँगै त्यसबेला जसपा नेताहरूले प्रतिक्रिया दिएका थिए, ‘सत्तामा अल्झिरहनुको कुनै अर्थ रहेन । औचित्यहीन यो समर्थन त्याग्ने मनसाय बनाएका छौं ।’

कार्यकारिणी समितिले दिएको निर्देशनका आधारमा पार्टी अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएनन् । संसदीय दलको नेता यादवले बैठक आह्वान नगरेपछि सरकारलाई दिएको समर्थन पुनर्विचारमा निर्णय हुन सक्ने अवस्था रहेन । तीन सातासम्म संसदीय दलको बैठक आह्वान नगरेका यादव हिजो भने सत्ताका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसँगको छलफलमा सहभागी भए । वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई लिएर अध्यक्ष यादव सोमबार साँझ बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहित दुवै दलका नेताहरूसँग अबेर रातिसम्म छलफल गरे ।

तीन दलबीच सोमबार साँझ भएको संवादसँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि तत्कालका लागि मत्थर भएको छ । तीन दलको बैठकमा मूलत: भूमि विधेयकमा छलफल भएको नेताहरूले जानकारी गराएका छन् । भूमि विधेयक अध्यादेशबाट रोकिएर विधेयक मार्फत ल्याउँदा समेत जसपा नेपाल त्यसमा राखिएका प्रावधानप्रति असन्तुष्ट छ ।

‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ ले भूमिहीन र सुकुमवासी समस्याको समाधान गर्न नसक्ने जसपा नेपालको ठहर छ । मधेसवादी दलहरूको मोर्चाको बैठक नै डाकेर भूमि विधेयकमा समान धाारणा बनाइएको छ । विधेयकले भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गर्ने गरी विधेयक ल्याइएको निष्कर्ष मोर्चाको छ ।

भूमि विधेयकमा राखिएका प्रावधानप्रति स्वयं सत्ता साझेदार प्रमुख दल कांग्रेस समेत सन्तुष्ट छैन । भूमि विधेयकमा कांग्रेसका दर्जन सांसदले संशोधन प्रस्ताव राखेका छन् । विधेयकमा थप छलफल आवश्यक रहेको जनाउँदै संसदमा कार्यसूचीमा नराख्न कांग्रेसले दबाब दिँदै आएको छ । २५ असारमा संसदको प्रारम्भिक कार्यसूचीमा राखिएको विधेयकलाई कांग्रेसको अडानका कारण हटाइएको थियो । संसदीय समितिमा लगेर थप छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग छ ।

जसपा नेपालले भने भूमि विधेयकलाई अध्यादेशदेखि नै विरोध गर्दै आएको थियो । अध्यादेशलाई पारित गर्न जसपा नेपालले राष्ट्रिय सभामा साथ नदिने अवस्था बनेपछि सरकारले अध्यादेश फिर्ता गरेर विधेयक ल्याएको थियो ।

जसपा नेपाललाई साथमा लिँदा राष्ट्रिय सभामा विधेयक पारित गर्न सहज हुने बुझेका सत्ता साझेदार दल कांग्रेस–एमाले उक्त दलको समर्थन बचाइराख्न चाहेर संवाद अघि बढाएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनित सांसद रहेका छन् । बहुमतका लागि ३० सदस्य आवश्यक हुँदा कांग्रेसका १६ र एमालेका १०, जसपा नेपालका ३ र लोसपाको १ सदस्यले सत्तापक्षलाई बहुमत पुर्‍याउन सहज हुन्छ । जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद छन् ।

भूमि विधेयकमा कांग्रेसको असन्तुष्टि र जसपा नेपालको माग समेत सम्बोधन हुने गरी तीन दलले मध्यमार्गी बाटो तय गर्न लागेका छन् । सोमबार रातिको बैठकमा कांग्रेस सभापति देउवाले भूमि विधेयकमा विवादित विषयहरू कार्यदल बनाएर सहमति खोज्न सकिने विकल्प राखेका थिए । देउवाले अघि सारेको विकल्प अनुसार कार्यदल बनाउने तयारी भएको छ ।

कार्यदलले भूमि विधेयकमा सहमति जुटाएपछि जसपा नेपाल सरकारमा आउने ढोका खुल्ने सत्ता पक्षका एक शीर्ष नेताले बताए । ‘भूमि विधेयकमा सहमति कार्यदलले जुटाउँछ,’ उनले भने, ‘जसपा नेपालको मुख्य चासो भूमि विधेयकमा हो । त्यसमा सहमति जुटेपछि जसपा नेपाललाई सरकारमा सहभागी गराउन छलफल हुन्छ । जसपा नेपाल पनि सकरात्मक छ ।’

सत्ताका प्रमुख साझेदार दल कांग्रेस र एमाले जसपा नेपालसँगको संवाद सकारात्मक भएको दाबी गरेपनि उक्त दलले भने हालसम्म कुनै प्रगति नभएको बताएको छ । सत्तासँगको जसपा नेपालको सम्बन्ध यथास्थानमा रहेको र सुधार हुन नसकेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी गराए । सरकारलाई समर्थन समर्थन कायमै राख्ने हो भने सरकारले जसपा नेपाललाई रोडम्याप दिनुपर्ने सुमन बताउँछन् ।

‘सरकारलाई समर्थन फिर्ता नगर्ने औपचारिक निर्णय नगरेका मात्रै हौं । समर्थन फिर्ता लिए जस्तै हो । सरकारले रोडम्याप प्रस्तुत गर्न नसके समर्थन कायमै राख्न सक्दैनौं,’ मनिष सुमनले अनलाइनखबरसँग भने ।

भूमि विधेयक पुर्नलेखन सहित भ्रष्टचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायत अब गर्ने कार्यहरूको प्रतिबद्धता जाहेर गरे मात्रै विश्वासको वातावरण बन्न सक्ने सुमनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

३१ असार २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

३१ असार २०८२, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

३१ असार २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

३१ असार २०८२, मंगलवार
Next Post
मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

मैथिली महिलाको अग्निपरीक्षा– पन्द्रह दिन सम्म मनाईने मधुश्रावणी ब्रत बिधिबत सुरु

गौशालामा छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइ हत्याः फरार अभियुक्त पक्राउ गोपाल झा   महोत्तरी, साउन २ गते

गौशालामा छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइ हत्याः फरार अभियुक्त पक्राउ गोपाल झा महोत्तरी, साउन २ गते


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh