• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’


सीकेसँग रुष्ट रेशमको उपेन्द्रलाई प्रस्ताव: ‘कहिले मिल्छन् यी हातहरू, दाइ?’

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी उपस्थित भई आफ्नो मन्तव्यका क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एकताका लागि आग्रह गरेका छन्। उनको यो अभिव्यक्तिलाई जनमत पार्टीसँगको एकता प्रयास असफल भएपछि जसपा नेपालसँग निकटता बढेको संकेतका रूपमा हेरिएको छ।

जसपा नेपालनिकट दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटीम) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेला एवं ‘समानता र सामाजिक न्यायको अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्य दलहरूमध्ये नागरिक उन्मुक्ति पार्टीलाई मात्र आमन्त्रण गरिएको थियो।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संरक्षक चौधरीले भने, ‘मुद्दा एउटै बोकेको छ, गमछा एउटै लगाएको छ, पगरी एउटै लगाएको छ, विभाजन फरक-फरक छन् । मञ्चमा म नागरिक उन्मुक्ति पार्टीको संरक्षक, उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष यो कस्तो दुर्भाग्य हो।’

यति भनिसकेपछि उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवतिर हेर्दै सोधे, ‘कहिले मिल्छन् यी हातहरू उपेन्द्र दाइ। कहिले मिलाउने हो यो हात?’

उनले जबसम्म यी हातहरू मिल्दैनन् तबसम्म मधेशी र थारुले अधिकार नपाउने भन्दै पहिचानका लागि मिल्नु आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा संरक्षक चौधरीले दिएको यस्तो अभिव्यक्तिले ठूलो संकेत गरेको जसपा नेपालका एक नेताले बताएका छन्। उनले भने, ‘सीके राउतको पार्टीसँग एकता असफल भएको छ, अब जसपा नेपालसँग हुन्छ । यो त्यसैको संकेत हो।’

यसअघि डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको कुरा मात्र चलेको थिएन, एकता घोषणाको दिन तय भइसकेको थियो। कार्यक्रममा नेता तथा कार्यकर्ता उपस्थित भइसकेका थिए र जनमत पार्टीका अध्यक्ष सिके राउत तथा संरक्षक चौधरी पनि उपस्थित भइसकेका थिए।

तर, सर्वोच्च अदालतको एउटा फर्जी पत्रको आधारमा चौधरी पक्राउ परेपछि एकता भाँडिएको थियो। उनी पक्राउ परेपछि दुई दलबीच एकता नहुने लगभग निश्चित नै भइसकेको छ।

रुपन्देहीमा हुने उपनिर्वाचनमा जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीलाई साथ नदिने भएपछि दुई दलबीचको दूरी झनै बढेको छ।

यसको विपरीत, जसपा नेपालले रुपन्देहीमा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई साथ दिने निर्णय गरिसकेको छ। मोर्चामा रहेका सात दलमध्ये जनमत पार्टीबाहेक सबै दलले नागरिक उन्मुक्ति पार्टीलाई साथ दिने निर्णय गरेका छन्। उपचुनावलाई लिएर रेशम चौधरी र सीके राउतबिच दूरी मात्र बढेको छैन, दुवै जनाबीच बोलचाल पनि बन्द भएको स्रोतले जनाएको छ।

हाल, एकताको विषयलाई लिएर आन्तरिक रूपमा उपेन्द्र यादव र रेशम चौधरीबिच कुराकानी चलिरहेको स्रोतले बताएको छ। दुवै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् र दुवै दल नेपाली कांग्रेसको सम्पर्कमा छन्।

कांग्रेसले भने दुवै दललाई सरकारलाई दिएको समर्थन कायम राख्न आग्रह गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२८ असार २०८२, शनिबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२८ असार २०८२, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२८ असार २०८२, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२८ असार २०८२, शनिबार
Next Post

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो : नेकपा एमाले

घट्यो पेट्रोल र डिजलको मूल्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh