
काठमाडौँ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ । उनीविरुद्ध उन्नतीस करोड उनान्सर लाख छयासी हजार एक सय पैंतीस रुपैयाँ बिगो मागदाबी भएको छ ।
सोही प्रकरणमा अन्य सात जनाविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





































































































