डा. विश्व पौडेल विरुद्ध सर्वोच्चमा रिट, गर्भनर बन्न अयोग्य रहेको दावी


काठमाडौं , वैशाख ३० । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ ।

नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

अभिवक्ताद्वय प्रतीभा उप्रती र विशाल थापाले रिट पेश गरेका हुन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ ।

यही चर्चाबीच गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले आइतबार त्यसबाट राजीनामा दिएका थिए । यसअघि गभर्नर बनाउन सहमति जुटेको भनिएका डा। गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post