• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनमत र नाउपा संविधान संशोधनमा निर्णायक


१८ वैशाख, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच हुनै लागेको एकीकरण ‘होल्ड’ हुन पुगेको छ । बुधबार रोकिएको एकता प्रक्रिया अगाडि बढाउने विषयमा दुवै दल आन्तरिक छलफलमा छन् ।

दुवै दलले बुधबार पार्टी एकता घोषणा गर्ने तय गरेका थिए । त्यसका लागि प्रज्ञा भवनमा घोषणा सभा राखिएको थियो । तर, घोषणा सभामा पुगेका नाउपाका संरक्षक रेशम चौधरी सभास्थलबाटै पक्राउ परे । चौधरी पक्राउ परेपछि बिथोलिएको एकता घोषणा अब कहिले हुन्छ तय भएको छैन ।

कतिपय नेताहरू दुई पार्टीबीचको एकता धकेलिएको बताउँछन् । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार रेशम चौधरी पक्राउको समीक्षा भइराखेको छ । दुवै दलले समीक्षा गरिसकेपछि मात्रै एकताको नयाँ मिति घोषणा हुने छ ।

‘घटना घटिसकेपछि समीक्षा गर्नुपर्ने आवश्यकता छ । सरकार र अदालत सबैको समीक्षा गर्छौं,’ खान भन्छन्, ‘फेरि पनि घटना हुने सम्भावना छ कि भनेर छलफल गर्छौं ।’

अर्थात, रेशम चौधरी पक्राउमा एउटा कर्मचारीको मात्रै भूमिका नरहेको आशंकामा नाउपा र जनमत पार्टी छ । यस्तो आशंका चिरेपछि मात्रै एकताको नयाँ मिति तय गर्ने उनीहरूको जवाफ छ । यस निम्ति समय लिँदा दुई पार्टीबीचको एकीकरण थप लम्बिनेमा दुवै दलका नेताहरू सहमत छन् । तर, कहिलेसम्म लम्बिन्छ भन्ने यकिन छैन ।

नाउपाका एक नेताका अनुसार दुई पार्टीबीचको एकीकरण रोक्ने प्रयासमा केही शक्तिहरू लागेका थिए । त्यसअन्तर्गत बुधबार रेशम चौधरी पक्राउ परेको उनको बुझाइ छ । उनका अनुसार नाउपा र जनमत पार्टीबीच तत्काल एकता नहोस् भन्नुका पछाडि चार कारण छन् ।

पहिलो, प्रतिनिधिसभाको अंकगणित ।
दोस्रो, राष्ट्रिय सभाको आउँदो चुनाव ।
तेस्रो, प्रदेश सभाको अंकगणित ।
चौथो, ०८४ चुनावी आकलन ।

प्रतिनिधिसभामा वर्तमान सरकारसँग स्पष्ट दुईतिहाइ बहुमत छ । ३० असार २०८१ मा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले ६ साउन २०८१ मा विश्वासको मत लिँदा १८८ मत पाएका थिए । यो २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बढी बहुमत हो ।

जनमत र नाउपा दुवै सत्तापक्ष हुन् । प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् । नाउपाका ४ सांसद छन् । दुवै मिल्दा नयाँ दलको सांसद संख्या १० हुन्छ । यो संख्याले साथ दिए वर्तमान सत्ता गठबन्धनको दुईतिहाइ बहुमतले निरन्तरता पाउँछ ।

सरकार बनाउन प्रतिनिधिसभामा १३८ सांसद भए पुग्छ । नाउपा र जनमत पार्टी सरकारमा रहे वा नरहे पनि सरकार बनाउन कांग्रेस र एमालेलाई समस्या पर्दैन ।

तर, वर्तमान सरकार बनाउनु अगाडि १७ असार २०८१ को मध्यरात कांग्रेस र एमालेले गरेको ७ बुँदे सम्झौतामा संविधान संशोधन गर्ने विषय छ ।

कांग्रेस–एमाले दुवै दलभित्र संविधान संशोधनको गृहकार्य अगाडि बढाउनुपर्ने मत छ । यस निम्ति संघीय संसद्मा दुईतिहाइ मत आवश्यक पर्छ । नाउपा र जनमत पार्टीले साथ छोडे प्रतिनिधिसभामा सत्ता गठबन्धनले दुईतिहाइ मत गुमाउँछ ।

विगतमा सत्तापक्षमै रहेर पनि सरकारको निर्णय साना दलले नमान्दा दुईतिहाइ बहुमतको सरकार आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य भएका उदाहरण छन् । पछिल्लो उदाहरण हो– भूमि अध्यादेश ।

सरकारकै रहेको जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन नगर्दा भूमि अध्यादेश संसद्बाट अनुमोदन हुने देखिएन । जसका कारण, भूमि अध्यादेशलाई होल्ड गरेर सरकारले बाँकी पाँच अध्यादेश पारित गरायो । अर्थात्, दुईतिहाइ जुटाउन नसक्दा सरकार भूमि अध्यादेशबाट फर्किन बाध्य भयो ।

यस्तै नजिर संविधान संशोधनमा पनि दोहोरिन सक्छ । नाउपा र जनमतले समर्थन नगर्दा प्रतिनिधिसभामा कांग्रेस–एमाले गठबन्धनले दुईतिहाई बहुमत गुमाउँछ । यसकारण कांग्रेस–एमाले जनमत र नाउपाले निरन्तर सरकारलाई समर्थन गरिरहुन् भन्ने चाहन्छन् । यस्तो चाहना कम्तीमा पनि राष्ट्रिय सभाको आगामी चुनावअघिसम्म कायम राख्न चाहन्छन् ।

‘राष्ट्रिय सभामा दुईतिहाइ पुर्‍याउँदै गर्दा प्रतिनिधिसभामा दुई तिहाइ गुम्छ कि भन्ने भय सरकारलाई छ । यसकारण हामी दुवै दलको समर्थन उनीहरू निरन्तर चाहन्छन्,’ जनमत पार्टीका एक पदाधिकारीले  भने ।

आगामी फागुनमा राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदैछ । हाल राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धनको दुई तिहाइ बहुमत छैन । बरु, अहिले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल छ । वर्तमान गठबन्धन कायम रहे अब हुने चुनावबाट सरकारले राष्ट्रिय सभामा आफ्नो दुईतिहाइ बहुमत पुर्‍याउन सक्छ ।

५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । जहाँ एकतिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छन् । एकतिहाइ सदस्य बिदा भएर जाने र एकतिहाइ सदस्य नयाँ निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुँदैछन् । चुनावपछि राष्ट्रिय सभामा दलको अवस्था बदलिनेछ ।

हाल माओवादी राष्ट्रिय सभामा १७ सांसदसहित सबैभन्दा ठूलो दल छ । कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी नेपालका ३, लोकतान्त्रिक समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनीत सांसद रहेका छन् ।

कार्यकाल सकिएर बिदा हुन लागेका राष्ट्रिय सभा सदस्यहरूमा एमालेका ८ जना, माओवादी केन्द्रका ७ जना, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ जना रहेका छन् ।

वर्तमान सत्ता गठबन्धन कायम रहे माओवादीले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका राष्ट्रिय सभा सदस्य जिताउन गाह्रो पर्नेछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाता प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहन्छन् ।

यी जनप्रतिनिधिहरू अधिकांश कुनै न कुनै राजनीतिक दल आवद्ध छन् । जसमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेका ज्यादा छन् । यसकारण माओवादी १७ बाट १० सांसद संख्यामा झर्न सक्छ । किनभने आगामी फागुनबाट माओवादीका ७ राष्ट्रिय सभा सदस्य बिदा हुँदैछन् ।

वर्तमान सत्ता गठबन्धन कायम रहँदा एकीकृत समाजवादीका १ जना पनि घट्नेछन् । कांग्रेस–एमाले गठबन्धनले निरन्तरता पाउँदा त्यसबेला अहिले विपक्षमा रहेका एक हुँदा माओवादीको १०, एकीकृत समाजवादीको ७ र राष्ट्रिय जनमोर्चाको १ गर्दा १८ जना सांसद हुन्छन् ।

बाँकी सत्तापक्षको हुँदा ४१ जना सांसद् भएको अवस्थामा यो ५९ सदस्यीय सभामा दुईतिहाई बढी बहुमत हो ।

यस्तोमा नाउपा र जनमत संविधान संशोधनका लागि प्रतिनिधिसभामा निर्णायक हुनेछन् । किनभने, राष्ट्रिय सभामा प्रष्ट दुईतिहाइ हुँदा यी दलका १० सांसदले साथ नदिए प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैन ।

सत्तारुढ दलका नेताहरू संविधान संशोधनका लागि उपयुक्त समयको खोजीमा रहेको बताउँछन् । सरकारको नेतृत्वकर्ता दल नेकपा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संविधान संशोधनको विषयमा सत्तापक्ष आन्तरिक छलफलमा छ ।

मुख्य सचेतक बर्तौला भन्छन्, ‘संविधान संशोधनको विषयमा आन्तरिक रूपमा छलफलमा छौं । जतिबेला हामीलाई संसदीय अंकगणितले साथ दिने अवस्था आउँछ । त्यतिबेला अगाडि बढ्छ ।’

राष्ट्रिय सभाको आगामी चुनावपछि संसदीय अंकगणितले साथ दिने अवस्था बन्छ ?

संविधान संशोधनको विषय आफैँमा महत्वपूर्ण भएकाले राष्ट्रिय स्वीकारोक्तिको लागि समेत सरकारले पहल लिने र लिइराखेको मुख्य सचेतक बर्तौलाको जवाफ छ । उनी अगाडि भन्छन्, ‘हामी राष्ट्रिय स्वीकारोक्तिको एउटा परिस्थिति विकास गर्छौं । उपयुक्त समय आएपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।’

संविधान प्रारम्भ भएको १० वर्ष भयो । संविधानले नै संघीय संसद्ले संविधान प्रारम्भ भएको १० वर्षपछि पुनरावलोकन गर्ने भनेको छ । यही व्यवस्थालाई प्रमुख आधार बनाएर कांग्रेस र एमालेले ७ बुँदे समझदारी गरेका थिए ।

समझदारीको बुँदा नम्बर दुईमा ‘…सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख छ ।

तर, संसदीय अंकगणितको सुनिश्चितता नहुँदा सरकार बनेको दश महिनासम्म संविधान संशोधनको विषय माथिको छलफलले कुनै आकार लिन सकेको छैन ।

फेरि पनि संसदीय अंकगणितका आधारमा नै संविधान संशोधनको विषय अगाडि बढ्ने सत्तारुढ दलका नेताहरू बताउँछन् । एमालेका मुख्य सचेतक बर्तौला दोहोर्‍याउँछन्, ‘संविधान संशोधन महत्वपूर्ण विषय भएकाले यसमा सर्वस्वीकारोक्ति आवश्यक छ । तथापि, सरकारले निर्माण गर्न खोजेको वा समीक्षा गर्न खोजेको विषयलाई संसदीय अंकगणितले साथ दिँदा सहज हुन्छ ।’

प्रदेश सभा र ०८४ को चुनाव

जनमत र नाउपा दुवै ४ मंसिर २०७९ को चुनावबाट उदाएका दल हुन् । उक्त चुनावमार्फत जनमतले मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६ र समानुपातिक ७ गरी १३ सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीका एक जना प्रदेश सभा सदस्य छन् ।

१०७ सदस्यीय प्रदेश सभामा पहिलो पटक चुनाव लडेको दल जनमत पार्टीले १३ सिट मात्रै जितेन, एमाले र कांग्रेसपछि तेस्रो स्थानमा रहँदै समानुपातिकतर्फ तीन लाख २९ हजार १७७ (१६.८६ प्रतिशत) पायो ।

हाल मधेश प्रदेशमा जनमत पार्टीकै नेतृत्वमा सरकार छ । जनमत पार्टीका नेता सतिश सिंह २५ जेठ २०८१ मा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । हाल सिंह नेतृत्वको सरकारमा कांग्रेस, एमालेसहितका दलहरू छन् ।

मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह (बीचमा) लगायत ।

जनमत पार्टी र नाउपा नभए पनि मधेश प्रदेशमा कांग्रेस र एमालेले सरकार बनाउन सक्छन् । मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेसँग २५ सिट (सभामुख सहित) छ । कांग्रेससँग २२, जसपा नेपालसँग १९, लोसपासँग ९ जना सांसद रहेका छन् । सत्तापक्षमा रहेका यी दलले १०७ सदस्यीय प्रदेश सभामा सहजै सरकार बनाउन सक्छन् ।

मधेश प्रदेशमा विपक्ष दलहरू माओवादीसँग ९, एकीकृत समाजवादीसँग ७ सिट, राप्रपा र संघीय समाजवादी पार्टीसँग १–१ सिट छ । यसकारण मधेश प्रदेश सरकारको सत्ता गठबन्धनले संघीय सत्ता गठबन्धनसँग समेत अर्थ राख्दछ ।

तर, मधेश प्रदेश सरकारको गठबन्धनका कारणले जनमत पार्टी र नाउपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रतिनिधिसभामा रहेको दुईतिहाइ गुम्न पुग्छ ।  नाउपाकाे प्रभाव रहेको प्रदेश हो सुदूरपश्चिम । जहाँ नाउपाका ७ सांसद छन् । यो प्रदेशमा कांग्रेस र एमालेले मात्रै पनि सरकार बनाउन सक्छन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसका १८ जना सांसद छन् । एमालेका ११ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २६ सांसद आवश्यक पर्छ । यदि सुदूरपश्चिम प्रदेशमा ७ सिट रहेको नाउपाले असन्तुष्टि जनायो भने उसले संघीय सरकारबारे लिने निर्णयले प्रतिनिधिसभामा रहेको दुईतिहाइमा असर पर्छ ।

यो प्रदेशमा विपक्षमा रहेका दलहरू माओवादीसँग ११, एकीकृत समाजवादीसँग ४, राप्रपासँग १ र स्वतन्त्र सांसद १ जना रहेका छन् । यसबाहेक जनमत पार्टी र नाउपाको लुम्बिनी प्रदेशमा उपस्थिति छ । ८७ सदस्यीय प्रदेश सभामा नाउपाका ४ र जनमत पार्टीका ३ जना सांसद छन् ।

जनमत पार्टी र नाउपाको मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सभामा रहेको उपस्थितिले सम्बन्धित प्रदेशमा प्रदेश सरकार बनाउन कांग्रेस–एमाले गठबन्धनलाई कुनै असर गर्दैन । तर, यी प्रदेश सरकार बनाउँदा यी दुई दललाई समेट्न नसक्दा त्यसको असर संघीय सरकारमा रहेको दुईतिहाइ बहुमतमा पर्न सक्छ । यसकारण कांग्रेस–एमाले गठबन्धन दुवै दलको साथ निरन्तर चाहन्छन् ।

नेताहरूका अनुसार कांग्रेस–एमाले आगामी २०८४ को चुनावसम्मै गठबन्धन कायम राख्न चाहन्छन् । जनमत पार्टीका एक नेता सुनाउँछन्, ‘कांग्रेस र एमाले मिल्दा मधेश प्रदेशमा अरु दल अगाडि आउन सक्दैनन् भन्ने बुझाइ कतिपयको छ । यसकारण उनीहरू मधेशमा थप शक्ति आर्जन गर्न सक्ने जनमत र नाउपा नमिलुन् भन्ने चाहनामा छन् ।’

तथापि, मधेशमा नयाँ ध्रुवीकरण नरोकिने उनको जवाफ छ । उनी अगाडि थप्छन्, ‘मधेशकेन्द्रित दल एकीकृत हुन थालिसकेका छन् । ८ दलीय, ६ दलीय संयन्त्र बनेका छन् । दुई दल एकीकरण प्रक्रियामै भएकाले फुटाउ र राज गरको नीति सँधै सफल हुन्छ भन्ने हुँदैन नि !’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१९ बैशाख २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१९ बैशाख २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१९ बैशाख २०८२, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१९ बैशाख २०८२, शुक्रबार
Next Post

दुई सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

मुख्यमन्त्रीको छातीमा अवैध अस्पताल सञ्चालनमा

मुख्यमन्त्रीको छातीमा अवैध अस्पताल सञ्चालनमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh