
जनकपुरधाम, बैशाख १५ । १४ वर्षीय वैभव सूर्यवंशीको शतकले आइपीएलमा लगातार पाँच हारपछि राजस्थान रोयल्सलाई जित दिलायो। टोलीले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्यो।
राजस्थानले जयपुरको सवाई मानसिंह रंगशालामा बलिङ गर्ने निर्णय गर्यो। गुजरातले ४ विकेट गुमाउँदै २०९ रन बनायो। राजस्थानले १६ औं ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
गुजरातका लागि शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाए। राजस्थानका लागि वैभवले १०१ र यशस्वी जैसवालले ७० रन बनाए । रियान पराग ३२ रन बनाएर अविजित रहे। महिष थेक्षानाले २ विकेट लिए । वैभव आईपीएल र टी-२० मा अर्धशतक र शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बने। उनले ३५ बलमा शतक बनाए, जुन आईपीएलमा कुनै पनि भारतीय खेलाडीले बनाएको सबैभन्दा कम बल हो।





































































































