भारतीय लोक गायिका नेहा सिंह राठौर विरुद्ध देशद्रोहको मुद्दा दर्ता


एजेन्सी, वैशाख १५ । पहलगाम आक्रमणमा गलत टिप्पणी गरेको भन्दै चर्चामा आएकी भारतीय लोक गायिका नेहा सिंह राठौर विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ।

उत्तर प्रदेशको हजरतगञ्ज थानामा उनि विरुद्ध मुद्दा दायर गरिएको एसिपी विकास जैसवालले बताएका छन । कवि अभय प्रताप सिंग (निर्भिक)को जाहेरीमा उनिमाथि मुद्दा चलाइएको एसिपी जैसवालले बताए । अप्रिल २२ मा पहलगाममा २६ पर्यटकलाई पाकिस्तान समर्थित आतंकवादी संगठनले गोली हानी हत्या गरेको थियो ।

अम्बेडकरनगर निवासी नेहा सिंह राठौरले आफ्नो एक्स ह्यान्डलबाट गलत टिप्पणी गर्दै देश विरुद्ध बोलेको आरोप लागेको छ ।
गाजियाबादको लोनी विधानसभा क्षेत्रका भाजपा विधायक नन्दकिशोर गुर्जरले लोनी ठाणेमा नेहा विरुद्ध उजुरी दिएका छन । त्यसमा नेहाले आफ्नो एक्स अकाउन्टमा आपत्तिजनक, भ्रामक र राष्ट्रविरोधी पोस्ट गरेको बताएका थिए।

उनको देश विरोधी अभिव्यक्तिले पाकिस्तानप्रति सहानुभूतिको वातावरण तयार भइरहेको हुँदा उनि कट्टरपन्थी देशबाट आर्थिक सहयोग लिएर भारतमा आइएसआईको एजेन्टको रूपमा काम गरिरहेकी उनको आरोप छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post