• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा


बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा

काठमाडौँ । सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् ।

दुवै दलका नेताहरूका अनुसार गठबन्धन र सरकारबारे फैलाइएको भ्रम निस्तेज पार्ने, गभर्नर नियुक्ति जतिसक्दो चाँडो गर्ने, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया समयमै टुङ्ग्याउने र शिक्षक आन्दोलन लगायतमा भइरहेका प्रगति तथा अवरोधबारे छलफल भएको थियो ।

सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबिच शनिबार राति बालुवाटारमा करिब २ घण्टाभन्दा बढी छलफल भएको हो । छलफलमा मुख्यगरी चार विषयमा चर्चा भएको बताइएको छ ।

भेटवार्तामा ओली र देउवाका अलावा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए । त्यसक्रममा सरकारबारे बढ्दो आशङ्का कम गर्न दुवै पक्षले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरू सहमत भएका हुन् ।

शीर्ष नेताबिच विशेषगरी राजनीतिक वृत्तमा फैलाइएका हल्लाका सम्बन्धमा छलफल हुनका साथै तत्काल सरकारले गर्नुपर्ने कामबारे कुराकानी भएको मन्त्री पौडेल र लेखकले बताएका छन् ।

‘खासगरी समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित थियो । पछिल्लो पटक सरकार ढल्छ कि ढल्छ भनेर भएका प्रचार र छरिएका भ्रममा सत्यता छैन र यसलाई चिर्नेगरी दुई नेताबिच छलफल भएको हो’, पौडेलले भने, ‘गठबन्धनमा कुनै समस्या छैन ।

त्यस्तै गृहमन्त्री लेखकले सरकारबारे कन्फ्युजन क्रियट गरिएकाले त्यसलाई चिर्दै अघि बढ्न र सहमतिहरू कार्यान्वयन तथा समस्या सम्बोधन गर्न दुवै नेता सहमत रहेको बताए ।

लेखकले फैलाइएका भ्रमलाई सरकारले काममार्फत नै जवाफ दिनुपर्नेमा दुवै नेता सहमत भएको प्रस्ट पारे ।

‘समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल बढी केन्द्रित भयो’, लेखकले आइतबार रातोपाटीसँग भने, ‘हामीबिच खेल्ने प्रयासहरू भइरहेका छन् तर तिनको कुनै अर्थ छैन भन्ने निचोडमा दुवै नेता पुग्नुभएको छ ।’

कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले गभर्नरको सेलेक्सन कमिटीका सदस्य पूर्वगभर्नरले राजीनामा दिएको अवस्थामा त्यो कमिटीलाई पूर्णता दिएर प्रक्रिया अघि बढाउन दुवै नेता सहमत भएको प्रस्ठ पारे । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सिफारिस कमिटीको सिफारिसका आधारमा अघि बढ्न र शिक्षकको आन्दोलनबारे गम्भीरतापूर्वक छलफल भइरहेकाले यो समस्या अब धेरै लम्ब्याउन नहुने पक्षमा प्रधानमन्त्री र सभापति देउवा एकमत रहेको समेत बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा वैशाख ७ मा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएसँगै सरकार ढल्ने चर्चा व्यापक भएको थियो ।

यही चर्चाका बिच देउवा वैशाख १२ गते बैंककबाट फर्किएका थिए । देउवा फर्किएको भोलिपल्ट ओली र देउवाबिच भेटवार्ता भएको हो । त्यसअघि प्रधानमन्त्री ओलीले देउवालाई बैंककमै रहेका बेला फोन गरेर बजारमा चलेका हल्लाबारे चासो राखेका थिए ।

शनिबार देउवासँगको भेटपछि आइतबार दिउँसो मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्यो–ढल्यो भन्नेहरूलाई देउवाले चिसो पानी टाउकाबाट खन्याइदिएको बताएका थिए । ‘नामका वामपन्थी, कामका दक्षिणपन्थी अहिले पनि छन्’, ओलीले भने, उनीहरूका दुई उद्देश्य छन् । एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्राविरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने । अर्को ढल्यो ढल्यो–ढल्यो, सरकार ढल्यो.. । अहिले ढल्यो, भरे ढल्यो ।’

ती सबैलाई शेरबहादुर देउवाले चिसो पानी टाउकाबाट खन्याइदिएको ओलीको भनाइ थियो ।

त्यसअघि ओलीले शनिबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकमा सरकार ढल्छ भनेर प्रचार गर्नेहरू देउवा स्वदेश फर्केलगत्तै लत्र्याकलुत्रुक भएको टिप्पणी गर्दै गठबन्धन ढुक्कसँग अघि बढ्नेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

बैंककबाट फकर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले देउवालाई सत्ता गठबन्धनबारे प्रश्न सोधेका थिए । जवाफमा देउवाले गठबन्धनमा कुनै समस्या नरहेको प्रतिक्रिया दिएका थिए ।

समीकरण फेरबदल हुने कुरा छ नि भनेर सोधिएको प्रश्नमा उनले ‘कसले भन्यो ? मलाई थाहा छैन’ भनेर अनभिज्ञता प्रकट गरेका थिए ।

‘सत्ता गठबन्धन र सरकारबारे विपक्षी र विरोधीहरूले कम्फ्युजन सिर्जना गर्ने काम भइरहेको छ तर त्यस्तो कन्फ्युजनको कुनै अर्थ छैन । कन्फ्युजन क्रियट गर्ने कोसिस भइरहेको छ तर हाम्रोबिच कुनै कन्फ्युजन पनि छैन र त्यो गर्नुपर्ने कारण पनि छैन’, ओली र देउवाबिचको संवादलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘कन्फ्युजन क्रियट हुनुमा सत्तापक्षकै नेताहरूको अभिव्यक्तिले पनि काम गरेको बुझाइमा समानता छ ।’

स्रोतका अनुसार गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिका सदस्य विजय भट्टराईले दिएको राजीनामा, शिक्षकहरूको आन्दोलन लम्बिनु र विपक्षी दलका नेता प्रचण्डले बारम्बार सरकार टिक्दैन भनेर दिएको अभिव्यक्तिले सर्वसाधारणमा आशंका उब्जिएकोमा सत्ता गठबन्धनका दुई प्रमुख नेता एकमत देखिएका छन् ।

‘सत्तारुढ दल कांग्रेसका केही नेताहरूले विपक्षीभन्दा एक कदम अघि बढेर अभिव्यक्ति दिएपछि थप आशङ्का बढ्न पुगेको, गभर्नर नियुक्तिमा भएको ढिलाइ र राजीनामा अनि शिक्षक आन्दोलनलाई सम्बोधन गर्न नसक्दा समस्या छ कि भन्ने बुझाइ हो । अब ती विषयलाई सकेसम्म चाँडो सम्बोधन गर्न दुवै नेता तयार हुनुहुन्छ’, बालुवाटार स्रोतले भन्यो ।

सत्तापक्षका साथीहरूले बोल्दा पनि ध्यान दिन जरुरी देखिएकाले सोही अनुसार पार्टीले ब्रिफिङ गर्ने कुरा भएको स्रोतले जानकारी दियो ।

यसअघि कांग्रेस महामन्त्री गगन थापा, शेखर कोइराला लगायतले सरकारको कार्यशैलीलाई लिएर प्रश्न गर्दै आएका थिए । उनीहरूले आफ्नै पार्टीको सहयोगमा बनेको सरकारको चर्को आलोचना गर्दै आएका थिए । थापा दुई दलीय सरकार सञ्चालन सहजीकरण संयन्त्रका सदस्य समेत हुन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१४ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१४ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१४ बैशाख २०८२, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१४ बैशाख २०८२, आईतवार
Next Post

अवैध रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

भारतीय लोक गायिका नेहा सिंह राठौर विरुद्ध देशद्रोहको मुद्दा दर्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh