राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, अराजक भए कारबाही गर्ने गृहको चेतावनी


रामगाेपालपुर, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन ।
राजवादी आन्दोलनको क्रममा तीनकुने हिंसा भडके पछि राप्रपाका उपाध्यक्ष र महामन्त्रीलाई पक्राउ गरिएको विरोधमा राप्रपाले निषेधित क्षेत्र तोडदै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राप्रपाले आज विजुलीबजार बाट निषेधित क्षेत्र तोडदै प्रदर्शन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले अराजकता देखिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

निषेधित क्षेत्र तोडने राप्रपाको निर्णय तर्फ ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयले कानुन अनुसार कारबाही हुने बताएको छ ।
गृहमन्त्रालयले शनिवार वित्रप्ति जारी गर्दै भनेका छन , ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२÷०१÷०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,

संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ ।

‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post