जसपा नेपालको अभियान र अधिवेशन वैशाखसम्म


काठमाडौं, बैशाख ५ । जनता समाजवादी पार्टी  नेपालले सङ्गठन निर्माण अभियान र मातहत समितिको अधिवेशन बैशाखसम्म सक्ने तयारी गरेको छ ।

पार्टीले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ र स्थानीय तहदेखि प्रदेश समितिसम्मको अधिवेशन बैशाख महिनासम्म सक्ने पार्टीको तयारी रहेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

गत वर्षको जेठ मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको जसपा नेपालले एक वर्षभित्र मातहत समितिको अधिवेशन सक्ने गरी कार्यतालिका बनाएको छ । स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न गरी बैशाख मसान्तसम्म पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको प्रमुख बस्नेतको भनाइ छ ।

पार्टीको केन्द्रीय समितिको बैठकमा अभियानमा खटाइएका केन्द्रीय अभियन्ताहरुको कामको प्रतिवेदन र त्यसको समीक्षापश्चात निष्कर्ष निकाल्दा अभियानलाई बैशाख मसान्तसम्म जारी राख्ने निर्णय भएको थियो । साथै अभियानका दौरानमा पार्टी प्रवेश कार्यक्रम, सङ्गठनात्मक गतिविधि बढेको र सदस्यता नवीकरण कार्य भइरहेको र सबै प्रदेशमा विभिन्न तहगत समितिको अधिवेशन भइरहेको उनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post