
काठमाडौं, वैशाख ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । राजसंस्था पुन:स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।
आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।
लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’ उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने बताए ।







































































































