• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

देश भ्रष्टाचारको चङ्गुलमा फस्दै उपेन्द्र यादवको आरोप


देश भ्रष्टाचारको चङ्गुलमा फस्दै उपेन्द्र यादवको आरोप

गोपाल झा

महोत्तरी, वैशाख ३ गते 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश भ्रष्टाचारको चङ्गुलमा फस्दै गएको र सुशासन कायम हुन नसकेको आरोप लगाएका हुन् ।

अध्यक्ष यादबले जनता समाजबादी पार्टी नेपालको समेत समर्थन हुदा पनी  रोजगारी श्रृजना नहुनु, भ्रष्टाचार बढदै जानु र सुशासन कायम गर्न नसक्नाले जनताहरुमा निराशाहरु बढदै गएको बताउनुहुदै सरकार असफलताको दिशा तर्फ लागी सकेको आरोप लगाएका हुन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित सजपा नेपाल एकताको प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको बताउँदै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

सरकारलाई हाम्रो पार्टीले सुशासन कायम गर्न, भ्रष्टाचार रोक्न, संविधान संशोधन गर्न लगायतका म्याण्डेड सहित समर्थन गरेपनि कुनै पनि बुँदाहरु पुरा न भएको बताउनुहुदै सरकार मधेशसँगको विभेद कायमै राखेको आरोप लगाए ।

उहाँले मधेशको जनसंख्या ५४ प्रतिशत रहेपनि सरकारले १२ प्रतिशत बजेट दिएर भिख दिए जस्तो गरेको बताउनुहुदै अन्तराष्ट्रिय जगतले समेत देशको अवस्था हेर्दै सहयोग कटौती गरिरहेको बताएकाहुन ।

      सुशासन कायम नहुदाँ र भ्रष्टाचार बढदै गएको कारणले अन्तराष्ट्रिय जगतहरुले समेत दिदैं आएको विकास रकम तथा अनुदान कटौती गरीरहेको भन्दै उहाँले नेतृत्व वर्ग राम्रो भयो भने मात्रै देशमा सुशासन कायम गर्न सकिने बताएका हुन्  । पार्टीलाई एउटा गाडीको संज्ञा दिदै उहाँले कुशल चालक मात्रै नभई पार्टपुर्जा (पार्टीका पदाधिकारी) हरु समेत दुरुस्त भए लक्ष्यमा पुग्न सकिने भएकोले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढन सबैमा आग्रह गरेका हुन् ।

उहाँले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताएका हुन्  ।भविष्यको मूल आधार शिक्षा भएको बताउदै उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधान गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच स्थापित गर्न आग्रह गर्दे काठमाण्डौंको सडकमा शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति पार्टीको ऐक्यवद्धता रहेको दोहोर्‍याएका हुन् ।

        पार्टीका जिल्ला अध्यक्ष रामप्रगास यादवको अध्यक्षतामा सम्पन्न भएको उदघाटन सत्रमा केन्द्रीय पदाधिकारी तथा विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

दुई दिनसम्म चल्ने अधिवेशनमा रामप्रगास यादवसहित रामनरेश राय, मोजिम राइन, युसुफ साफी तथा राजनारायण यादव अहिलेसम्म अध्यक्ष पदको आँकाक्षी देखिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

३ बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

३ बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

३ बैशाख २०८२, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

३ बैशाख २०८२, बुधबार
Next Post

सरकारमा जाने मनस्थितिमा छैनाै : माधव नेपाल

तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लंघन : संसदीय समिति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh