आफ्नो समुदायका दुई जनालाई पक्राउ गरेपछि वीरगञ्जमा प्रदर्शन चर्किएको हो । पर्सा प्रहरीले धार्मिक सद्भाव बिथोल्ने चार जनालाई आज पक्राउ गरेपछि वीरगञ्ज फेरि अशान्त बनेको हो । आफ्ना समुदायका मानिसहरूलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले आज मंगलबार टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराउँदै हिँडेका थिए । प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरीले आज दुवै समुदायबाट २/२ जनालाई पक्राउ गरेको थियो ।
यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगञ्जमा कर्फ्यु लगाएको थियो । वीरगञ्जमा निषेधाज्ञा जारी नै छ ।






































































































