बालुवाटारमा ओली–देउवाबीच भेटवार्ता, नयाँ वर्षमा नयाँ गठबन्धनको संकेत?


काठमाडौं, वैशाख २ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिए ।

उनकाअनुसार दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने समझदारी भएको छ । पछिल्लो समय विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।


यही सन्दर्भमा प्रधानमन्त्री ओलीले देउवासँग आज छलफल गरेका हुन् । आजमात्रै कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको गतिलाई प्रश्न उठाएका छन् । उनले सरकारको प्रस्तुतिलाई लिएर कडा आलोचना गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post