• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई  चुनौती


उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई  चुनौती

 जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । अनुशासनहीन काम गरेको भन्दै पार्टीको  अनुशासन समितिले फागुन २१ गते उपाध्यक्ष साहलाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ उनले हिजै अनुशासन विभागलाई बुझाई सकेको स्रोतले जनाएको छ ।

तर उपाध्यक्ष साहले स्पष्टीकरणका बारेमा आफूले अध्ययन गर्दै गरेको र केही दिनमा बुझाउने दाबी गरे । ‘पार्टीले सोधेको  स्पष्टीकरणबारेबारे साथी भाइसँग सल्लाह भइरहेको छ’ उनले भने । यद्यपि अनुशासन समितिकी सदस्य सचिव अनिता मण्डलले उपाध्यक्ष साहले स्पष्टीकरण बुझाई सकेको बताइन् ।

ह्वाटसअपमा उनको स्पष्टीकरण प्राप्त भएको बताउँदै उनले केन्द्रीय समितिको बैठक चलिरहेका कारण स्पष्टीकरण पत्रलाई अध्ययन गर्न नसकेको उनले बताइन् । उनको स्पष्टीकरण समितिमा राखेर छलफल हुने र त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताइन् ।

उता, उपाध्यक्ष साहले आफूमाथि लगाएको आरोपलाई पुष्टि गर्न र त्यसको प्रमाण दिन अनुशासन समितिलाई चुनौती दिएका छन् । अनुशासन समितिको संयोजकबाट निलम्बित उनले आफूमाथि लागेको सबै आरोप कपोकल्पित र भ्रमपूर्ण रहको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएको जनमत पार्टीका एक पदाधिकारीले बताए ।

पूर्वाग्रही तथा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर भ्रमपूर्ण र तथ्यहीन आरोपसहित स्पष्टीकरणलाई सोधिएको भन्दै उपाध्यक्ष साहले त्यसलाई खारेज गरेका छन् र उल्टै प्रमाणित गर्न भनेका छन् ।

उपाध्यक्ष साहमाथि यसअघि पनि पार्टीका अध्यक्ष डा.सिके राउतले विभिन्न आरोप लगाइरहेका थिए । त्यतिबेला पनि उनले अध्यक्ष राउतलाई आरोपलाई प्रमाणसहित पुष्टि गर्न आग्रह गरेको तर राउतले त्यसको कुनै जवाफ नदिई पुनः स्पष्टीकरण सोधेको ती पदाधिकारीले बताए । त्यो कुरा पनि उनले आफ्नो स्पष्टीकरणमा उल्लेख गरेका छन् । उपाध्यक्ष साहले आफूमाथि अध्यक्ष राउतले विगत ६–७ महिनादेखि षड्यन्त्र गरेको कुरा पार्टीका नेता तथा कार्यकर्ताबाट थाहा पाएको पनि स्पष्टीकरणमा उल्लेख गरेको बताइएको छ ।

अध्यक्ष राउतले आफूलाई बर्बाद गरिदिनेसम्मको धम्की दिएको आरोप उपाध्यक्ष साहले लगाएको स्रोतले जनाएको छ । उपाध्यक्ष जस्तो पदमा बसेर पार्टीमा समय नदिएको, पार्टीका महत्त्वपूर्ण बैठकमा समय नदिएको, पार्टीको सचिवालयमा रहेर पनि जागिरबाट राजीनामा नदिएको, सचिवालय सदस्यले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने आदि जस्ता निर्णयलाई उल्लङ्घन गरेको जस्ता आरोप उपाध्यक्ष साहमाथि लगाइएको छ ।

जनमत पार्टी घोषणा हुँदा जागिर खाएर पहाडमा बसेको, पार्टी दर्ता गर्ने बेलामा काठमाडौँमा हुँदा पनि उपस्थित नभएको, राष्ट्रिय अध्यक्ष महिनौँ जेल बस्दा पनि सङ्गठनको कुनै मतलब नगरी जागिर खाएर बसिदिने जस्ता आरोप उनीमाथि लगाइएको छ ।

किसान आन्दोलनको क्रममा पनि कतै नदेखिएको, २०७९ को चुनावमा कतै नदेखिएको, आफ्नो मत पनि पार्टीलाई नदिएको जस्ता उपाध्यक्ष साहमाथि आरोप लगाएको छ ।  साहले समग्र पार्टीकै  बदनामी गर्ने र यही बहानामा पार्टीमा आफ्नो वर्चस्व बढाउने षड्यन्त्र गरेको, देश–विदेशका कार्यकर्तामा अध्यक्षको विरोधमा लबिङ गरेको जस्ता आरोप समेत उपाध्यक्ष साहमाथि लागेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२८ फाल्गुन २०८१, बुधबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२८ फाल्गुन २०८१, बुधबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२८ फाल्गुन २०८१, बुधबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२८ फाल्गुन २०८१, बुधबार
Next Post
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार

एमालेलाई दानको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh