कर्मचारी र लेखनदास ३५ हजार घुससहित अख्तियारको फन्दामा


जलेश्वर ,भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई कार्यालयमै घुस लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेका थिए ।

यदि रकम नदिए जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए ।

सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिइसकेपछि आयोगको टोलीले तत्काल दास र महतोलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post