• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पार्टीभित्र प्रश्न उठाउनेलाई सीके राउत चलाउँछन् कारबाहीको डण्डा


जनमति पार्टी अनुशासन समितिको संयोजक दीपक साह, जनमतका अध्यक्ष सीके राउत र निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव । संयोजक साह र यादवलाई स्पष्टीकरण मागिएको छ ।

२६ फागुन, काठमाडौं । प्रश्नबाटै उदाएका नेता हुन् डा. सीके राउत, तर अचेल उनी आफ्नै पार्टीभित्र प्रश्नहरुको तेजोबध गर्न अग्रसर देखिन्छन् ।

जनमत पार्टीका अध्यक्ष डा. राउतले पार्टीमा उनको आलोचना गर्नेलाई कारबाहीको डण्डा निरन्तर चलाउँदै आएका छन् । असन्तुष्टहरुलाई एक पछि अर्को गरी पार्टीबाट हटाउने र स्पष्टीकरण सोध्ने कार्य गरेका छन् ।

आइतबार र सोमबार महोत्तरीको बर्दिवासमा केन्द्रीय समितिको बैठक बस्नु अघि राउतले उपाध्यक्ष एवं अनुशासन समितिको संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई स्पष्टीकरण माग गर्दै निलम्बन समेत गरे ।

उपाध्यक्ष साहलाई एक साता अघि स्पष्टीकरण सोधिएको छ भने गत शनिबार कोषाध्यक्ष यादवलाई निलम्बन सहितको पत्र पठाइएको छ । निलम्बित उपाध्यक्ष साहले मंगलबार स्पष्टीकरणको जवाफ पठाउने जानकारी गराए ।

जनमतका नेताहरु पार्टीभित्र राउतलाई खुसी बनाउन नसक्ने नेताहरु पार्टीमा टिक्न सक्ने अवस्था नरहेको बताउँछन् । पार्टीबाट हटाउने देखि स्पष्टीकरण सोध्नेको सूची लामो रहेको जनमतका नेताहरुको दाबी छ ।

कैलाश महतो, डा.रवीन्द्र यादव, जासर यादव लगायतका नेताहरु निष्कासनमा परेका छन् । केन्द्रीय तहका नेताहरुमा दर्जन बढीलाई स्पष्टीकरण सोधिएको छ । उपाध्यक्ष अब्दुल खानलाई समेत स्पष्टीकरण सोधिएको तर त्यसलाई सार्वजनिक भने नगरिएको जनमतका एक नेताले जानकारी गराए ।

आइतबार र सोमबार महोत्तरीको बर्दिवासमा केन्द्रीय समितिको बैठक

ती नेताले भने,‘जनमत पार्टी फुटाउन लागेको शंकाले अब्दुललाई स्पष्टीकरण सोधिएको थियो । यो कुरा अब्दुल मन्त्री भएर निस्केपछिको कुरा हो ।’ अध्यक्ष राउतको अति शंका गर्ने बानीले पार्टीमा समस्या आएको उनले सुनाए ।

स्पष्टीकरण सोधिएका थप केन्द्रीय नेताहरुमा सचिव बीपी साह, अनिता साह, भुपेन्द्र यादव हुन् । बीपी साहको निलम्बन फुकुवा गरिएको छ । केन्द्रीय सदस्य शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ ।

पछिल्लो समय कारबाहीमा परेका उपाध्यक्ष साहलाई गम्भीर आरोपहरु लगाउँदै स्पष्टीकरण माग सहित निलम्बन गरिएको छ । उपाध्यक्ष साह आइतबार देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएनन् । पार्टीभित्र देखिएका विसंगतिका बारेमा कुरा उठ्ने देखेर नै आफूलाई पार्टीबाट हटाइएको उपाध्यक्ष साहले अनलाइनखबरसँग भने ।

पार्टी प्रवक्ता डा.शरदसिंह यादव विधिसंगत नेताहरु चल्न नसकेकै कारणले स्पष्टीकरण सोध्नु परेको बताउँछन् । स्पष्टीकरण सोध्ने पार्टीको विधि भएको उल्लेख गर्दै प्रवक्ता यादव भन्छन्, ‘विधि र विधानले चल्ने पार्टीमा स्पष्टीकरण पनि सोध्न पाउनु पर्‍यो नि । जवाफ दिने कि मिडियावाजी गर्ने हो ?’

स्पष्टीकरण मधेसका मुख्यमन्त्रीलाई समेत सोधिएको र जवाफ पार्टी सन्तुष्ट रहेपछि निरन्तर पदमा रहेको यादवले जानकारी गराए ।

उपाध्यक्ष साहलाई सोधिएको स्पष्टीकरणमा उपल्लो पदमा रहेर पार्टीलाई समय नदिएको एवं महत्वपूर्ण बैठकमा सहभागी नभएको उल्लेख छ । पार्टी स्थापनाको घोषणा हुने बेलामा समेत उपस्थित नभई पहाडमा जागिर खाएर बसेको आरोप साहलाई लगाइएको छ ।

‘विधि र विधानले चल्ने पार्टीमा स्पष्टीकरण पनि सोध्न पाउनु पर्‍यो नि । जवाफ दिने कि मिडियावाजी गर्ने हो ?’-डा.शरदसिंह यादव, प्रवक्ता, जनमत 

गत निर्वाचनमा जनमतलाई आफ्नो एक भोट नदिएको र पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको गम्भीर आरोप उनी माथि पार्टीले लगाएको छ । साथै, उपाध्यक्ष साहले अध्यक्ष राउत विरुद्ध समाचार लेख्न लगाएको, जसपाका नेताहरुसँग मिलेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ ।

अध्यक्षको विरुद्धमा कुरा लगाएको भड्काएको र जिल्ला–जिल्लामा तथा देशविदेशमा कार्यकर्ताहरुलाई फोन गरी पार्टी विभाजन गर्न गुट बनाएको साह माथि आरोप छ ।

साहले तथ्यहीन आरोप सहित स्पष्टीकरण सोधिएको बताए । ‘म त उहाँहरुसँग मलाई लगाइएको आरोपको तथ्य माग्दैछु,’ साहले अनलाइनखबरसँग भने ।

साह पेशाले इन्जिनियर हुन् । जनमतको स्थापनाकालीन समयमा कार्यालय भक्तपुरको सूर्यविनायकमा साहको घरमा थियो । जिविकोपार्जनका लागि नेताको पेशा हुनुपर्ने र राजनीतिलाई सेवाभाव बनाउनु पर्ने मान्यता आफ्नो रहेको सुनाउँदै साहले भने,‘राजनीतिलाई सेवाको भावनाले गर्‍यो भने मात्रै दिगो राजनीति हुन्छ । पेशा र व्यवसाय राजनीति गर्ने व्यक्तिको हुनुपर्दछ ।’

साह स्थापनाकालीन समयमा राउतका ‘सर्वाधिक’ विश्वासिलो पात्र थिए । एक समय पार्टी बैठकको निर्णयको माइन्युटमा पर्दा पछाडि बसेर काम गर्ने व्यक्तिका रुपमा चित्रण गरिएको थियो। साहको दाबी अनुसार राउतलाई इन्जिनियर पढाउन हौसला दिने उनै थिए । इन्जिनियर पढ्नुमा दीपक साह (हाल निलम्बित) को देन रहेको पुस्तकमा समेत राउतले लेखेका छन् । साहले भने, ‘अहिले मै माथि भयंकर षडयन्त्र भएको छ ।’

गत शनिवार केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई सात दिनको स्पष्टीकरण सोधेर निलम्बन गरिएको छ । उनलाई स्पष्टीकरण सोधिएको दोस्रोपटक हो । यादवले अध्यक्ष राउतसँग आर्थिक हरहिसाबको कुरा उठाएपछि कारबाहीमा परेको बताए ।

‘देउवा र ओली उनीहरुको पार्टीमा हाबी भएजस्तै सीके जनमतमा हाबी छन् । सीको विरुद्धमा भित्रभित्रै बोल्नेहरु छन्,’ निलम्बित कोषाध्यक्ष यादव भन्छन्, ‘साइड साइडमा कानेखुसी गर्छन् । तर खुला बोल्ने वातावरण छैन ।’

कोषाध्यक्ष पदमा हुँदा यादवले विदेशमा बस्नेहरुसँग पैसा उठाएर आर्थिक अनियमितता गरेको आरोप सहित स्पष्टीकरण सोधिएको छ । गत निर्वाचनमा पार्टी अध्यक्ष र उनका दाजुलाई पराजित गर्ने उद्धेश्यले यादवले भूमिका खेलेको स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।

‘देउवा र ओली उनीहरुको पार्टीमा हाबी भएजस्तै सीके जनमतमा हाबी छन् । सीको विरुद्धमा भित्रभित्रै बोल्नेहरु छन्,साइड साइडमा कानेखुसी गर्छन् । तर खुला बोल्ने वातावरण छैन ।’ सुरेन्द्र नारायण यादव,निलम्बित कोषाध्यक्ष 

पार्टीलाई आर्थिक सहयोग गर्ने हैसियत आफ्नो भएकाले कोही व्यक्तिसँग रकम माग्नुपर्ने अवस्थामा नरहेको यादव दाबी गर्छन् । २०७९ सालको निर्वाचनमा सप्तरी–१ मा जयकान्त राउत र २ मा अध्यक्ष राउतले प्रतिस्पर्धा गरेका थिए । जयकान्त राउतका सहोदर दाइ हुन् । सप्तरी–बाट अध्यक्ष राउत निर्वाचित भएका थिए । जयकान्त भने क्षेत्र नम्बर १ बाट पराजित भए ।

जनमतका नेताहरुका अनुसार अध्यक्ष राउतले आफ्नो दाजु जयकान्तलाई अघि बढाउन संस्थापक नेताहरुलाई किनाराकृत गर्दै आएका छन् । जयकान्त राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

अध्यक्ष राउतले पार्टीमा एकमत नहुँदा नहुँदै समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउने प्रयत्न गरेका थिए । सभामुख देवराज घिमिरेले जनमत चारपटक पत्र लेखेर सांसद सापकोटा हटाउन माग गरेको थियो ।

सभामुख घिमिरेले भने पदमुक्त गर्न आधार नभएको जनाउँदै जनमतको मागलाई इन्कार गरेका थिए । सांसद सापकोटालाई हटाउन हुँदैन भनेर पार्टीमा आवाज उठाएपनि सुनुवाई नभएको निलम्बित उपाध्यक्ष साहले बताए । ‘नियम पुग्दैन । हटाउन माग नगरौं भनेर अध्यक्षको विरुद्धमा म थिएँ,’ साहले भने।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२७ फाल्गुन २०८१, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२७ फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२७ फाल्गुन २०८१, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२७ फाल्गुन २०८१, मंगलवार
Next Post

कर्मचारी र लेखनदास ३५ हजार घुससहित अख्तियारको फन्दामा

साेनमा गाउँपालिकाे एक जना सहित  नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh