• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव


नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतको सम्बन्धको स्थान अरू कसैले लिन नसक्ने बताएका छन् । बुधबार दिल्ली हुँदै भारतको राजस्थान पुगेका अध्यक्ष यादवले त्यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले भने, ‘मित्रतामा नेपालका लागि भारतको विकल्प अरू कुनै देश हुन सक्दैन, यो सम्बन्ध हामीले होइन, हाम्रो पुर्खाले बनाउनु भएको छ । यो सम्बन्धलाई हाम्रो पुर्खाले स्थापित गरेका हुन् ।

अर्को छिमेकी देश चीनसँग पनि नेपालको राम्रो सम्बन्ध रहेको बताउँदै उनले भारतसँग भने नेपालको विशेष सम्बन्ध रहेको बताए । ‘नेपाल र भारतबिच रोटी बेटीको सम्बन्ध रहेको छ,’ उनले भने, ‘यताको परिवार उता बस्छ, उताको परिवार यता बस्छ । नेपाल–भारत बिचमा रहेको यो सम्बन्ध कसैले खोस्न सक्दैन ।

राजस्थानको एउटा कार्यक्रमको लागि निजी भ्रमणमा गएका अध्यक्ष यादव आजै नेपाल फर्किने कार्यक्रम थियो । तर उनी केही दिन अझै भारतको भ्रमणमा रहने बताइएको छ । उनी आज दिल्ली पुगेर विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।

जसपा नेपालका विदेश विभागका प्रमुख अर्जुन थापाले यादव आफ्नो निजी भ्रमणमा भारत गएको र यस बारेमा आफूलाई थप कुनै जानकारी नरहेको बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव फागुन १२ गते दुबईबाट फर्केका थिए । उनी दुबईबाट फर्केपछि एउटा कार्यक्रमका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादव फागुन १३ गते दिल्ली गएका थिए ।

साउथ एसिया फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष यादव दिल्ली गएका थिए । उपाध्यक्ष यादवले कार्यक्रमको क्रममा विभिन्न उच्च स्तरीय भेटघाट गरेर नेपाल फर्केका थिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले २० केन्द्रीय समितिको बैठक सकाएर २१ गते भारत पुगेका छन् ।

नेपाल–भारत बिच सम्बन्ध चिसिएको बेला नेताहरू दिल्ली दौडधुपमा लागेका छन् ।

यसअघि नेपाली काँग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री डा. प्रकाशरण महत, सोही पार्टीका नेता अर्जुन नरसिंह केसी, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेलगायतका नेताहरू पनि विभिन्न कार्यक्रमको बहानामा भारत पुगेर फर्किसकेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२५ फाल्गुन २०८१, आईतवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२५ फाल्गुन २०८१, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२५ फाल्गुन २०८१, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२५ फाल्गुन २०८१, आईतवार
Next Post
कांग्रेस, एमाले र माओवादीलाई प्राप्त उपलब्धिहरू बढी भइसकेको जसपा नेपालको ठहर

२ उपाध्यक्ष, १ महासचिव र ११ केन्द्रीय कार्यकारिणी सदस्य थप्ने जसपा नेपालको तयारी

काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर

काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh