• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

फागुन २१ अघि अध्यादेशमा जसपा र लोसपालाई मनाउन सत्तारुढ दलले प्रयास गर्ने


फागुन २१ अघि अध्यादेशमा जसपा र लोसपालाई मनाउन सत्तारुढ दलले प्रयास गर्ने
फाइल फोटो

काठमाडौँ । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्लाई सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने विधेयकहरू उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित र नियमित विधेयकहरू संसदमा लैजाने निर्णय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसका साथै संसदमा विचाराधीन विधेयकहरू छिटो अघि बढाउन एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले द्रुत गतिमा काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी संयन्त्रको बैठकमा अध्यादेशका बारेमा समेत छलफल भएको छ । त्यसक्रममा आगामी फागुन २१ गते बस्ने संसद् बैठकमा अध्यादेश निणर्याथ पेस गर्नेगरी सहमति जुटाउन सत्तापक्षसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

‘अध्यादेशका बारेमा सत्तापक्षका दलहरू जसपा नेपाल र लोसपासहितिसँग छलफल गरेर समझदारी कायम गर्ने र सोही समझदारी अनुसार अध्यादेश निर्णयार्थ पेस गर्ने भन्ने सहमति भएको छ’, बर्तौलाको भनाइ छ । उनका अनुसार २१ गते अघि अध्यादेशबारे निष्कर्षमा पुग्ने तयारी छ ।

आजको बैठकमा कार्यदलमा रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा भने अनुपस्थित रहेका थिए । पोखरेल र थापा काठमाडौँ बाहिर रहेकाले आजको बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । बैठकमा एमाले र कांग्रेसका प्रमुख सचेतक बर्तौला र श्याम घिमिरे सहभागी रहेका थिए । सरकारले ल्याएका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा लोसपा र जसपा नेपालले विरोध गर्दै आएका छन् । सोही कारण राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुग्दा ती अध्यादेशहरू निर्णयार्थ पेस हुन सकेका छैनन्

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

१६ फाल्गुन २०८१, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

१६ फाल्गुन २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१६ फाल्गुन २०८१, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१६ फाल्गुन २०८१, शुक्रबार
Next Post

संविधान संशोधनका लागि कार्यदल बनाउने कांग्रेसको निर्णय

कांग्रेसले महाधिवेशन धकेल्ने प्रयास गर्दा एमाले चाहिँ अघि सार्ने कसरतमा

कांग्रेसले महाधिवेशन धकेल्ने प्रयास गर्दा एमाले चाहिँ अघि सार्ने कसरतमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh