साेनमा गाउँपालिकामा एकपछी अर्काे विकास निर्माण कामका शिलान्यास भइरहेका छन ।बिकास निर्माणकार्यलाई अगाडि बढाउन दैनिक कुनै न कुनै वडामा शिलान्यासकाे कार्य गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव र

गाउँपालिकाका अन्नय कर्मचारी र स्थानियहरु गरिरहेका छन ।आज शुभ साइत रहेकाेले साेनमा गाउँपालिका वडा नम्बर ६ कतरबा टाेलकाे ब्रहम स्थानकाे मन्दिर निर्माणकाेलागि शिलान्यास अध्यक्ष यादवले गर्नुभएकाे छ । ब्रहम स्थान मन्दिर निर्माण १०लाखकाे लागतमा गर्न लागिएकाे अध्यक्ष यादवले बताएका छन । गाउँपालिकाभरी रहेका हरेक मठ मन्दिर,विद्यालय ,अस्पताललगायतका काम मेराे पहिलाे प्राथमिकतामा रहेकाेले सबै वडामा यस क्षेत्रमा विकास गर्न लागेकाे बताइएकाे छ । गाउँपालिकाभरी कुनैपनी ठाेस काम न भएकाेले जनताहरु विकासबिना छठपटाइ रहेका थिए मैले चुनाब जितेपछी गाउँपालिकाकाे हरेक क्षेत्रमा विकास

गरिरहेकाे छु अध्यक्ष यादवले बताएका छन । विकासकाेकाम देखेर विपक्षी पार्टीका नेताहरुले छटपटाइरहेका छन । मन्दिर शिलान्यासकाे कार्यमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव,प्रशासकि अधिकृत उमेश शाह,लाेसपा नेपालका गापा अध्यक्ष कुशेश्वर यादव लगायत अन्नय स्थानियहरुकाे उपस्थिति रहेका थिए ।








































































































